२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

३९ लाख ५० हजार बिगो भएका फरार तीन प्रतिवादी पक्राउ

२०८२, १ असार आईतवार १४:५४

काठमाडौँ । बैंकिङ कसुर र ठगीसम्बन्धी फरक–फरक मुद्दामा फरार रहेका तीन जना प्रतिवादी पक्राउ परेका छन्। ती व्यक्तिमाथि कूल ३९ लाख ५० हजार रुपैयाँ बिगो रहेको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार, १६ लाख रुपैयाँ बिगो रहेको बैंकिङ कसुर मुद्दामा फरार मुना खातुन श्रेष्ठ उमेर ४५ वर्ष, जो काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१०, भंगालमा बसोबास गर्दै आएकी थिइन्, उनलाई ललितपुरको ठेचोबाट पक्राउ गरिएको हो।

त्यस्तै, ११ लाख रुपैयाँ बराबरको ठगी मुद्दामा फरार रहेका मोहमद अलि उमेर ३८ वर्ष, भारतीय नागरिक (कोलकत्ताको रोड नं. २) भई हाल काठमाडौँको बुढानिलकण्ठ–कपनमा बस्दै आएका थिए, प्रहरीले उनलाई पनि नियन्त्रणमा लिएको जनाएको छ।

यसैगरी, १२ लाख ५० हजार रुपैयाँ बिगो भएको बैंकिङ कसुर र चेक अनादर मुद्दामा फरार अर्जुन थापा उमेर ६५ वर्ष, सर्लाहीको ईश्वरापुर नगरपालिका–९ स्थायी बासिन्दा भई हाल काठमाडौं महानगरपालिका–९, बत्तीसपुतलीमा बस्दै आएका थिए। उनी पनि पक्राउ परिसकेको प्रहरीले जनाएको छ।

तीनैजनालाई फरक–फरक स्थानबाट पक्राउ गरिएको हो भने, मुद्दासम्बन्धी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने