२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

३९ लाख ५० हजार बिगो भएका फरार तीन प्रतिवादी पक्राउ

१ असार २०८२, आईतवार १४:५४

काठमाडौँ । बैंकिङ कसुर र ठगीसम्बन्धी फरक–फरक मुद्दामा फरार रहेका तीन जना प्रतिवादी पक्राउ परेका छन्। ती व्यक्तिमाथि कूल ३९ लाख ५० हजार रुपैयाँ बिगो रहेको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार, १६ लाख रुपैयाँ बिगो रहेको बैंकिङ कसुर मुद्दामा फरार मुना खातुन श्रेष्ठ उमेर ४५ वर्ष, जो काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१०, भंगालमा बसोबास गर्दै आएकी थिइन्, उनलाई ललितपुरको ठेचोबाट पक्राउ गरिएको हो।

त्यस्तै, ११ लाख रुपैयाँ बराबरको ठगी मुद्दामा फरार रहेका मोहमद अलि उमेर ३८ वर्ष, भारतीय नागरिक (कोलकत्ताको रोड नं. २) भई हाल काठमाडौँको बुढानिलकण्ठ–कपनमा बस्दै आएका थिए, प्रहरीले उनलाई पनि नियन्त्रणमा लिएको जनाएको छ।

यसैगरी, १२ लाख ५० हजार रुपैयाँ बिगो भएको बैंकिङ कसुर र चेक अनादर मुद्दामा फरार अर्जुन थापा उमेर ६५ वर्ष, सर्लाहीको ईश्वरापुर नगरपालिका–९ स्थायी बासिन्दा भई हाल काठमाडौं महानगरपालिका–९, बत्तीसपुतलीमा बस्दै आएका थिए। उनी पनि पक्राउ परिसकेको प्रहरीले जनाएको छ।

तीनैजनालाई फरक–फरक स्थानबाट पक्राउ गरिएको हो भने, मुद्दासम्बन्धी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य