2026-10-15 02:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

जुम्लामा पशुको कृत्रिम गर्भाधान

भदौ १६,जुम्ला। जिल्ला पशुसेवा कार्यालयका प्राविधिकले हिमाली भेगका पाटनमा गई गाईको कृत्रिम गर्भाधान गरेका छन् । 

कर्णाली दिगो विकास प्रतिष्ठान (कास्डा) जुम्लाको सहजीकरणमा पशुसेवा कार्यालयका कर्मचारीले कृत्रिम गर्भाधान गरेका हुन् । तीन हजार ५०० मिटरदेखि चार हजार मिटर उचाइमा रहेको मालिकाठाँटा र घोडेमहादेवको पाटनमा गई गाईको कृत्रिम गर्भाधान गराएका हुन् । 

वर्षाको समयमा गाउँका सबै गाईगोरु चरनका लागि पाटन लगेका कारण खर्कमै गई १६५ पशुमा कृत्रिम गर्भाधान गरेको जिल्ला पशुसेवा कार्यालयका नायब पशु स्वास्थ्य प्राविधिक हरिबहादुर रावलले जानकारी दिनुभयो । डिल्लीचौरमा १५ दिन तथा मालिकाठाँटा र घोडेमहादेवमा एक महिनाको समय लगाएर कृत्रिम गर्भधान र पशु खोप शिविर सञ्चालन गरिएको थियो । 

उन्नत जातका गाई वृद्धि गर्ने र यसबाट किसानको व्यवसाय तथा आम्दानीमा सहयोग पु¥याउने उद्देश्यले कृत्रिम गर्भाधान तथा खोप शिविर सञ्चालन गरिएको हो । त्यसका लागि कर्णाली दिगो विकास प्रतिष्ठानको रु सात लाख र जिल्ला पशुसेवा कार्यालयको रु तीन लाख खर्च भएको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता