भदौ १६,ललितपुर। तराईमा अब आगलागीको घटना कम हुने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नाष्ट)ले स्थानीयस्तरमा उपलब्ध सामग्रीबाट नै आगलागी नियन्त्रण हु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १६,ललितपुर। तराईमा अब आगलागीको घटना कम हुने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नाष्ट)ले स्थानीयस्तरमा उपलब्ध सामग्रीबाट नै आगलागी नियन्त्रण हु"/>
११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

तराईमा आगलागीका घटना कम हुने

१६ भाद्र २०७४, शुक्रबार ११:३९

भदौ १६,ललितपुर। तराईमा अब आगलागीको घटना कम हुने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नाष्ट)ले स्थानीयस्तरमा उपलब्ध सामग्रीबाट नै आगलागी नियन्त्रण हुने घरको सफल परीक्षण गरेकाले आगलागी कम हुने भएको हो । 

नाष्टअन्तर्गतको प्रविधि महाशाखा प्रमुख डा सुरेशकुमार ढुंगेलले खरको छानामा माथिबाट माटोले लिप्सँदा छानामा आगलागी हुन नपाउने बताउनुभयो । खरको छानाको माथिबाट भूस र लेसाइलो माटो मुछेर लगाउनुपर्ने बताउनुभयो । 

त्यसको माथि प्लास्टिकले छोपेर माटो बग्न नदिन सकिन्छ । उहाँ भन्नुहुन्छ, “यसो गर्दा माथिबाट अक्सिजन प्रवाह हुन नपाउँदा आगलागीको सम्भावना रहँदैन ।” 

यी घर तराईका विपन्न वर्गलाई लक्षित गरिएको प्रतिष्ठानले जनाएको छ । दुई÷तीन हजार रुपैयाँ खर्च गर्दा घर आगलागीबाट बच्नसक्ने ढुंगेल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “खर र माटो स्थानीयस्तरमा नै पाइन्छ स्थानीयवासीले प्लास्टिक किन्ने र श्रमदान गरे पुग्छ ।” यसरी बनेको घर न्यानो हुने र आयु बढ्नेछ । स्थानीयवासीले बनाउने तरिकामा प्रविधि थप गर्दा मट्टितेल छर्दा समेत आगो नलाग्ने प्रतिष्ठानको दाबी छ । 

सफल परीक्षणपछि यो प्रविधि झण्डै १३ वटा जिल्लामा प्रदर्शनी गरिसकेको छ । स्थानीय निकायसँगको सहकार्यमा तराईका ग्रामीण बस्तीसम्म यसलाई फैलाइने उहाँ बताउनुहुन्छ । रासस (फाइल फोटो)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह