भदौ १६,ललितपुर। तराईमा अब आगलागीको घटना कम हुने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नाष्ट)ले स्थानीयस्तरमा उपलब्ध सामग्रीबाट नै आगलागी नियन्त्रण हु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १६,ललितपुर। तराईमा अब आगलागीको घटना कम हुने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नाष्ट)ले स्थानीयस्तरमा उपलब्ध सामग्रीबाट नै आगलागी नियन्त्रण हु"/>
2026-07-25 02:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

तराईमा आगलागीका घटना कम हुने

भदौ १६,ललितपुर। तराईमा अब आगलागीको घटना कम हुने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नाष्ट)ले स्थानीयस्तरमा उपलब्ध सामग्रीबाट नै आगलागी नियन्त्रण हुने घरको सफल परीक्षण गरेकाले आगलागी कम हुने भएको हो । 

नाष्टअन्तर्गतको प्रविधि महाशाखा प्रमुख डा सुरेशकुमार ढुंगेलले खरको छानामा माथिबाट माटोले लिप्सँदा छानामा आगलागी हुन नपाउने बताउनुभयो । खरको छानाको माथिबाट भूस र लेसाइलो माटो मुछेर लगाउनुपर्ने बताउनुभयो । 

त्यसको माथि प्लास्टिकले छोपेर माटो बग्न नदिन सकिन्छ । उहाँ भन्नुहुन्छ, “यसो गर्दा माथिबाट अक्सिजन प्रवाह हुन नपाउँदा आगलागीको सम्भावना रहँदैन ।” 

यी घर तराईका विपन्न वर्गलाई लक्षित गरिएको प्रतिष्ठानले जनाएको छ । दुई÷तीन हजार रुपैयाँ खर्च गर्दा घर आगलागीबाट बच्नसक्ने ढुंगेल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “खर र माटो स्थानीयस्तरमा नै पाइन्छ स्थानीयवासीले प्लास्टिक किन्ने र श्रमदान गरे पुग्छ ।” यसरी बनेको घर न्यानो हुने र आयु बढ्नेछ । स्थानीयवासीले बनाउने तरिकामा प्रविधि थप गर्दा मट्टितेल छर्दा समेत आगो नलाग्ने प्रतिष्ठानको दाबी छ । 

सफल परीक्षणपछि यो प्रविधि झण्डै १३ वटा जिल्लामा प्रदर्शनी गरिसकेको छ । स्थानीय निकायसँगको सहकार्यमा तराईका ग्रामीण बस्तीसम्म यसलाई फैलाइने उहाँ बताउनुहुन्छ । रासस (फाइल फोटो)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक