काठमाडौँ । मितेरी सहकारीका अध्यक्ष ज्योतिबहादुर भण्डारीलाई कम्बोडियामा स्थानीय प्रहरीद्वारा पक्राउ गरिएको छ। सहकारीको ठूलो रकम अपचलन गरेको अभियोगमा फरार रहेका भण्डारीलाई इन्टरपोलको निगरानीपछि पक्राउ गरिएको हो।
प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन (इन्टरपोल)ले भण्डारी कम्बोडियामा रहेको पुष्टि गरेपछि त्यहाँको प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ।
ललितपुरस्थित मितेरी सहकारीबाट करिब १४ करोड रुपैयाँ अपचलन भएको आरोप भण्डारीमाथि छ। उनीसँगै ज्योति गुरुङसमेत फरार रहेको जनाइएको छ।
हाल भण्डारीलाई नेपाल ल्याउने प्रक्रिया अगाडि बढाइएको छ।