भदौ १८, भक्तपुर। चोक चोकमा बिहानै यम्बोःद्यो ठड्याएसँगै आजदेखि धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत इन्द्रजात्रा शुरु भएको छ । 

काठमाडौँको हन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १८, भक्तपुर। चोक चोकमा बिहानै यम्बोःद्यो ठड्याएसँगै आजदेखि धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत इन्द्रजात्रा शुरु भएको छ । 

काठमाडौँको हन"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भक्तपुरमा इन्द्रजात्रा शुरु

१८ भाद्र २०७४, आईतवार ०७:३५

भदौ १८, भक्तपुर। चोक चोकमा बिहानै यम्बोःद्यो ठड्याएसँगै आजदेखि धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत इन्द्रजात्रा शुरु भएको छ । 

काठमाडौँको हनुमानढोकामा ३६ हात लामो लिंगो ठड्याएर इन्द्रजात्राको शुभारम्भ गरिए पनि भक्तपुरमा चोक चोक र दोबाटोमा छोटो छोटो लिंगो ठड्याउने प्रचलन छ । ती लिंगोलाई स्थानीय भाषामा यम्बोःद्यो 

यम्बोःद्योलाई स्वर्गका राजा इन्द्रका छोरा जयन्तको प्रतीकका रुपमा लिइन्छ । धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार इन्द्रकी आमा वसुन्धरालाई भाद्रशुक्ल चौथीका दिन व्रत बसी पूजा गर्न पारिजात फूलको आवश्यकता भएकाले छोरा जयन्तलाई उक्त फूल खोज्न पठाए । खोज्दै जाँदा दैत्यको बगैँचामा परिजात फूल टिप्दै गरेको बेला राक्षसहरुले जयन्तलाई पक्राउ गरी दुई हात पछाडि बाँधेर राखे । जयन्तलाई छुटाउन देवता र दैत्यबीच युद्ध भई देवताको जित भएको खुशियालीमा इन्द्रजात्रा मनाइँदै आएको संस्कृतिकर्मी ओम धौभडेलले बताउनुभयो । 

धार्मिक पूजाआजासहित आज इताछें, तेखापुखु, वंशगोपाल, नासमना, बुलुचा, साकोठा, भोलाछें, सुजम्हरी, खौमा, इताछेंलगायत स्थानमा यम्बोःद्यो ठड्याइएको छ । जात्रा आठ दिनसम्म मनाइन्छ । रासस (फाइल फोटो)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन