भदौ १९, काठमाडौं । काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
महानगरिय प्रहरी कार्यालयका आयुक्त प्रहरी अतिरिक्त महानिरिक्षक जय बहादुर चन्दका अनुसार क्षेत्रपाटीबाट बरामद गरिएको उक्त सुन अहिलेसम्मकै बढी हो ।
गाडी पार्किङ गर्ने स्थानमा सुन रहेको सूचना पाएपछि प्रहरीले गएराति १० बजेदेखि नै निगरानी राखेको थियो । सोमबार बिहान चालक आएर गाडी स्टार्ट गर्नासाथ प्रहरी पुगेर नियन्त्रणमा लिएको थियो । स्ट्रोम जीपबाट ८८ किलो सुन बरामद भएको र गाडी चालक मनोज अधिकारीलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले यस विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।