2026-07-02 03:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

न्याय मर्यो भने राष्ट्रनै ध्वस्त हुन्छः प्रधान न्यायाधिश पराजुली

कमल रावल | भदौ १९, अछाम | प्रधान न्यायाधिश गोपाल पराजुलीले न्याय मर्यो भने राष्ट्रनै ध्बस्त हुने बताउनु भएको छ । स्वच्छ, मर्यादित र बास्तविक पक्षका तर्फमा न्याय  हुन सके राष्ट्रनै अब्बल हुँदै जाने बताउनु भयो । 

अछाम जिल्ला अदालतको नव निर्मित भवनको उद्घाटन गर्न अछाम पुग्नु भएका प्रधान न्यायाशिध पराजुलीले न्यायलयको साख जोगाउन, सविधानको सफल कार्यान्वयनका साथै स्वच्छ न्याय दिनमा अदालत सफल हुनु पर्नेमा जोड दिनु भएको थियो । अदालतले आफुलाई लाग्दै आएका नकारात्मक परिपाटीलाई चिरफाँट गर्दै अघि बढनु पर्नेमा उहाँको जोड रहेको थियो ।


आफु न्यायलयमा रहँदा दुरदराज पिछडिएको वर्ग अभावै अभावको क्षेत्र आफनो पहीलो प्राथमिकता रहेको बताउनुभयो । अछामकै नमुनाको रुपमा तयार भएको जिल्ला अदालतको प्रसंशा गर्दै प्रधान न्यायाधिश पराजुलिले जसरी भवनले शोभा दि रहेको छ त्यसरी सेवाग्राही हसाउन कर्मचारी तल्लीन हुनु पर्ने बताउनु भयो । आगामि दिनमा अछामको राम्रो कार्यको अरु जिल्लाले समेत सिको गर्ने अनुभुती सबैमा दिनुपर्नेमा उहाँको जोड रहेको थियो । 


उच्च अदालत दिपायलका न्यायाधिश प्रकाश कुमार ढुगानाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला न्यायाधिश हरि प्रसाद उपाध्याय पंगेनीले करिब ३ करोड १० लाख भन्दा बढी आर्थिक लागतमा २०७३ असार २७ मा कार्य सम्पन्न भई जिल्ला अदालतले बुझेको बताउनु भयो । ८ रोपनी ६ आना बढी अदालतको नामम रहेको जग्गा क्षेत्र भित्र करिब १९ कोठे भवन रहेको जानकारी दिनु भयो । कार्यक्रममा सर्वोच्च अदालतका मुख्य रजिष्टार नहकुल सुवेदि, अछामका प्रमुख जिल्ला अधिकारी कीशोर कुमार चौधरी, जिल्ला बार ईकाई अछामका अध्यक्ष कृष्ण प्रसाद ढुंगानाले शुभ-कामना मन्तव्य राख्नुएको थियो । कार्यक्रमको सञ्चालन जिल्ला अदालतका स्रेस्तेदार दिपेन्द्र नाथ योगिले गर्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै सुनचाँदीको मूल्यमा गिरावट