२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गभर्नरको कुल सम्पत्ति कति ? – सेयरमात्रै १४ करोडको

११ असार २०८२, बुधबार १४:४८

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडलले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त भएसँगै उनले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

पौडेलले अचल सम्पत्ति ललितपुर र नवलपरासीको घर देखाएका छन् । दुवै घर उनको श्रीमती प्रतिभा शर्माको नाममा छ । ललितपुरमा एक करोड ५५ लाखको जग्गा र नवलपरासीमा ६० लाखको जग्गा देखाएका छन् । घर र जग्गा पैतृक र स्वआर्जन भनेका छन् । चल सम्पत्तिमा ४५ तोला सुन र १५ लाख हिराको गहना देखाएका छन् । सुन पैतृक र हिरा स्वआर्जन भनेका छन् ।

सानिमा बैंकमा १३ लाख २३ हजार १९२ रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा दुई लाख ५९ हजार ३४४ रुपैयाँ, सानिमा बैंकको डलर खातामा ६६.७८ डलर पौडेलको नाममा रहेको छ । सानिमा बैंकमा १२ हजार ५४७ रुपैयाँ, प्रभु बैंकमा चार लाख ७३ हजार ८२२, सानिमा बैंकको डलर खातामा चार हजार ४४६ डलर उनको श्रीमती शर्माको नाममा रहेको उल्लेख गरेका छन् । बैंक खातामा रहेको सबै रकम स्वआर्जन भनिएको छ ।

सेयरतर्फ पौडेलको नाममा सानिमा बैंकको दुई करोड ४४ लाख १६ हजार ६०० बराबरको दुई लाख ४४ हजार १७६ कित्ता प्रवर्द्धक सेयर रहेको छ । सानिमा माइ हाइड्रोपावरको ९२ लाख ५७ हजार ९०० रुपैयाँ बराबरको ९२ हजार ५७९ कित्ता सेयर, सानिमा मिडल तमोर हाइड्रोपावको एक करोड ८८ लाख बराबरको एक लाख ८८ हजार कित्ता सेयर रहेको छ ।

९३ लाख ४१ हजार ७०० रुपैयाँ बराबरको एक लाख ८६ हजार ८३४ कित्ता सेयर ग्लोबेको प्रा.लि.को रहेको छ । संयुक्त ऊर्जा हाइड्रोपावरको पाँच करोड रुपैयाँ बराबरको पाँच लाख कित्ता र चितवन इनर्जीको दुई करोड ५० लाख रुपैयाँ बराबरको दुई लाख ५० हजार कित्ता सेयर पौडेलको नाममा रहेको छ ।

उनले श्रीमती शर्माको नाममा ग्लोबेको प्रा.लि.मा ३७ लाख ५० हजार रुपैयाँको ७५ हजार कित्ता सेयर रहेको विवरण पेस गरेका छन् । उनले कसैबाट ऋण लिएका छैनन् । श्रीमती शर्माको नाममा सुजुकी कार रहेको विवरणमा देखाएका छन् । कारको खरिद मूल्य ४४ लाख रुपैयाँ छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य