२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कारागारका मुढाले बजार नपाएपछि उत्पादन बन्द

२०८२, १२ असार बिहीबार ११:४८
काठमाडौं ।  कारागार कार्यालय चितवनमा तयार गरिएका मुढाले बजार नपाएपछि उत्पादन बन्द गरिएको छ । यहाँ दैनिक रुपमा उत्पादन हुँदै आएको मुढा बजारमा बिक्री नहुँदा उत्पादन बन्द गरिएको हो ।
विगत लामो समयदेखि कैद सजाय भागिरहनुभएका पदमबहादुरले मुढा बुन्ने काम गर्दै आउनुभएका थियो । उहाँले अहिले मुढा बिक्री हुन छोडेपछि फुर्सदिलो बन्न् भएको हो ।  कैदीबन्दीका लागि जीवनयापनमा सहज बनाएको यस व्यवसाय बन्द भएपछि दिन काट्नसमेत कठिन हुने गरेको उहाँले बताउनुभयो ।
यो काममा दैनिक ९० देखि १०० जनासम्म लाग्ने भए पनि विगत १५ दिनदेखि काम रोकिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला उत्पादन भएको मुढा अहिलेसम्म बजारमा जान सकेको छैन । अरु उत्पादन गरेर के गर्ने ?” अहिले कारागारमा मागअनुसार मुढा बुन्ने काम गरिएको उहाँले जानकारी दिनुभयो ।
यहाँ उत्पादित मुढा चितवनसहित, कास्की, रुपन्देही, काठमाडौँ, मकवानपुर, नवलपरासीलगायत जिल्लामा बिक्री हुने गरेकामा अहिले कममात्रामा बिक्री हुँदा निर्माण रोकिएको कारागार कार्यालयले जनाएको छ ।
कारागारमा उत्पादित मुढालाई बजार व्यवस्थापनको काम गर्दै आउनुभएका प्रेमप्रसाद सुवेदीले गत माघदेखि बजार पाउन कठिन हुँदै आएको बताउनुभयो । अहिले गोदाममा एक हजार ५०० लोकल र स्पेशल ४०० बढी मुढा रहेका छन् । उहाँले भन्नुभयो, “पहिलापहिला एक महिनामा एक हजार ५०० हाराहारी मुढा बिक्री हुन्थ्यो । अहिले ४०० मुढा बिक्री हुन पनि कठिन छ ।” मुढाको बजार विस्तारसँगै सबै कारागारमा यस्ता उद्यम सञ्चालन हुँदा पनि बजार साँघुरिँदै गएको हुनसक्ने उहाँले बताउनुभयो ।
कार्यालयका सूचना अधिकारी चेतनाथ ढुङ्गानाले यहाँ उत्पादित मुढाले बजार नपाउँदा कैदी वन्दीलाई दिन बिताउन कठिन हुने गरेको बताउनुभयो । दिनभरि काम गरेर बस्ने बानी परेकालाई दिन बिताउन मुस्किल हुने उहाँको भनाइ छ । यहाँका मुढाको बजारीकरणमा कारागार प्रशासनले ध्यान दिँदै आएको उहाँले बताउनुभयो । मुढा बुनेर घरखर्च चलाउँदै आएका कैदीबन्दीलाई समस्या हुने उहाँले उल्लेख गर्नुभयो ।
कारागार कार्यालयमा चितवनमा अहिले ७१० जना कैदीबन्दी रहेका छन् । तीेमध्ये ४२ महिला, ६६८ पुरुष र तीन जना आश्रित बालालिका रहेका छन् । ३५ जना महिला कैदीबन्दी र ४७० जना पुरुष कैदीबन्दी राख्ने क्षमता रहेको यस कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहँदै आएका कारागार कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति