२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लागुऔषध नियन्त्रण गर्न विभाग स्थापना गरिने : गृहमन्त्री

१२ असार २०८२, बिहीबार १३:०९
काठमाडौँ । सरकारले लागुऔषध नियन्त्रणका लागि छुट्टै विभाग स्थापना गर्ने भएको छ । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा दिइएको जानकारी अनुसार आगामीवर्षमा सो विभाग स्थापना गरिने छ ।
सो कार्यक्रममा गृहमन्त्री रमेश लेखकले लागुऔषध नियन्त्रणका लागि आगामी वर्षमा छुट्टै विभाग स्थापना गर्न लागेको बताउनुभयो  । उहाँले लागुऔषध नियन्त्रण सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभयो ।
“हामी लागुऔषध नियन्त्रण गर्नका लागि आगामी आर्थिक वर्षमा गृह मन्त्रालय अन्तर्गत लागुऔषध नियन्त्रण विभाग स्थापना गरिनेछ ।” गृहमन्त्री लेखकले भन्नुभयो“ गृह मन्त्रालयले लागुऔषध नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम, रोकथाम र सजायलगायतका कार्यक्रम अघि बढाएको छ ।”
लागु औषध सेवन दुव्र्यसनकै कारण सडक दुर्घटना, आत्महत्या, साइबरक्राइम लगायतका घटना हुने गरेको बताउनुभयो ।“ मुख्य विषय भनेको यसको रोकथामन हो । जनचेतना महत्वपूर्र्ण विषय हो । लागु औषधको दुरुपयोगले समाजलाई समाजलाई भयावह ढङ्गले प्रभावित गरेको छ ।” लेखकले भन्नुभयो“लागुऔषध नियन्त्रणका लागि समाज, घर, टोल र विद्यालयसम्म पुगेर सचेतनामूलक कार्यक्रम आवश्यक छ ।”
लागुऔषध नियन्त्रणको अभियानमा सहयोग गर्न आग्रह गर्दै मन्त्री लेखकले सरकारको प्रयासले मात्रै नियन्त्रण कठिन रहेको बताउनुभयो ।“एक लाख ३४ हजार जना लागुऔषध सेवनककर्ता रहेको तथ्याङक छ । समाज नराम्रोसित प्रभावित हुदैछ ।” उहाँले भन्नुभयो,“मुलुकभरका कारगाराका कैदीबन्दीमध्ये दोस्रो ठुलो सङ्ख्यामा लागुऔषध दुव्र्यसन, ओसारपसार, भण्डार गर्नेको सङ्ख्या छ । यसबाट पनि यसको अवस्था प्रष्ट हुन्छ”
दिवसका अवसरमा आयोजित कार्यक्रममा गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक दीपक थापा, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र विभिन्न सरोकारवाल निकाय, सरकारी तथा गैरसरकारी संस्थाको सहभागिता रहेको थियो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै