२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

भारत:पहिलो पहिलो टेस्ट म्याचमा पराजीत भएपछि टोलीबाट हटाइए तीव्र गतिका बलर

१२ असार २०८२, बिहीबार १३:५३

काठमाडौँ । भारतका तीव्र गतिका बलर हर्षित राणालाई इङ्गल्याण्ड विरुद्धको पाँच टेस्ट शृङ्खलाको दोस्रो टेस्टअघि टोलीबाट हटाइएको छ।युवा बलरलाई पहिलो टेस्टको ‘कभर’को रूपमा टोलीमा समावेश गरिएको भारतीय टोलीको दाबी छ। दोस्रो टेस्टअघि उनले राष्ट्रिय टोलीसँग बर्मिङ्घमको यात्रा गरेका छैनन्।

लिड्सबाट बर्मिङ्घम प्रस्थान गरेको भारतीय टोलीले अर्को दुई दिन आराम गर्नेछ र त्यसपछि दोस्रो टेस्ट सुरू हुनुभन्दा पहिले प्रशिक्षण सुरु गर्नेछ। दोस्रो टेस्ट जुलाई २ बाट खेलिनेछ।भारतीय टोली पाँच टेस्टको शृङ्खलामा १-० ले पछाडि छ।

प्रशिक्षक गौतम गम्भीरले भनेका छन्, ‘खेलाडीहरूलाई सामान्य चोट लाग्ने सम्भावनाका कारण उनलाई ब्याकअपको रूपमा राखेका थियौँ। तर, सबै ठीक र फिट देखिएपछि उनी फर्कनुपर्नेछ।’

हेडिंग्ली टेस्टमा पाँच खेलाडीले शतक प्रहार गरे पनि भारतले हार बेहोर्नुपरेको छ। कुनै टोलीले पाँच शतक प्रहार गर्दा पनि खेल हारेको टेस्ट क्रिकेटको इतिहासमा पहिलो पटक हो।

यशस्वी जयस्वाल, शुभमन गिल, केएल राहुल र ऋषभ पन्त (दुई पटक)ले शतक प्रहार गरे पनि इङ्ल्यान्डले दोस्रो इनिङमा ३७१ रनको लक्ष्य हासिल गर्यो र पाँच विकेटले जित हात पार्यो।

दोस्रो इनिङमा बेन डकेटले १४९ रन बनाए। दुई टोलीबीच कुल १६७३ रन बन्यो, जुन भारत-इङ्ल्यान्ड टेस्टमा अहिलेसम्मकै उच्च स्कोर हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण