Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८२ असार १२ गते, साँझ ७:३८ बजे खेलकुद, मुख्य समाचार, विश्व

भारत:पहिलो पहिलो टेस्ट म्याचमा पराजीत भएपछि टोलीबाट हटाइए तीव्र गतिका बलर

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:
अन्तिम अपडेट:

काठमाडौँ । भारतका तीव्र गतिका बलर हर्षित राणालाई इङ्गल्याण्ड विरुद्धको पाँच टेस्ट शृङ्खलाको दोस्रो टेस्टअघि टोलीबाट हटाइएको छ।युवा बलरलाई पहिलो टेस्टको ‘कभर’को रूपमा टोलीमा समावेश गरिएको भारतीय टोलीको दाबी छ। दोस्रो टेस्टअघि उनले राष्ट्रिय टोलीसँग बर्मिङ्घमको यात्रा गरेका छैनन्।

लिड्सबाट बर्मिङ्घम प्रस्थान गरेको भारतीय टोलीले अर्को दुई दिन आराम गर्नेछ र त्यसपछि दोस्रो टेस्ट सुरू हुनुभन्दा पहिले प्रशिक्षण सुरु गर्नेछ। दोस्रो टेस्ट जुलाई २ बाट खेलिनेछ।भारतीय टोली पाँच टेस्टको शृङ्खलामा १-० ले पछाडि छ।

प्रशिक्षक गौतम गम्भीरले भनेका छन्, ‘खेलाडीहरूलाई सामान्य चोट लाग्ने सम्भावनाका कारण उनलाई ब्याकअपको रूपमा राखेका थियौँ। तर, सबै ठीक र फिट देखिएपछि उनी फर्कनुपर्नेछ।’

हेडिंग्ली टेस्टमा पाँच खेलाडीले शतक प्रहार गरे पनि भारतले हार बेहोर्नुपरेको छ। कुनै टोलीले पाँच शतक प्रहार गर्दा पनि खेल हारेको टेस्ट क्रिकेटको इतिहासमा पहिलो पटक हो।

यशस्वी जयस्वाल, शुभमन गिल, केएल राहुल र ऋषभ पन्त (दुई पटक)ले शतक प्रहार गरे पनि इङ्ल्यान्डले दोस्रो इनिङमा ३७१ रनको लक्ष्य हासिल गर्यो र पाँच विकेटले जित हात पार्यो।

दोस्रो इनिङमा बेन डकेटले १४९ रन बनाए। दुई टोलीबीच कुल १६७३ रन बन्यो, जुन भारत-इङ्ल्यान्ड टेस्टमा अहिलेसम्मकै उच्च स्कोर हो।