२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

कैलालीको गर्भा दरबारको संरक्षणमा सरकार प्रतिबद्धः पर्यटनमन्त्री

२०८२, १२ असार बिहीबार १४:३९
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले कैलालीस्थित ऐतिहासिक गर्भा दरबारको संरक्षणमा सरकार गम्भीर रहेको र देशको बहुभाषिक तथा बहुसांस्कृतिक पहिचान प्रवद्र्धनप्रति प्रतिबद्ध रहेको स्पष्ट पार्नुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिँदै उहाँले कैलालीको चुरे गाउँपालिका–४ मा अवस्थित गर्भा दरबारलाई पुरातात्त्विक सम्पदाको सूचीमा सूचीकृत गरिसकिएको जानकारी दिनुभयो ।
मन्त्री पाण्डेले दरबारको संरक्षणप्रति स्थानीय चासो पनि बढिरहेको उल्लेख गर्दै २०७८ साल असोज ७ गते चुरे गाउँपालिकाले पुरातत्व विभागमा संरक्षणका लागि औपचारिक निवेदन पेस गरेको बताउनुभयो ।
विभागले स्थलगत निरीक्षण गरी विस्तृत अध्ययन प्रतिवेदन तयार गर्ने कार्य अघि बढाएको र आगामी आर्थिक वर्ष २०८२÷८३ मा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारीका लागि रु चार लाख रकम प्रस्ताव गरिएको पनि उहाँले स्पष्ट पार्नुभयो । उहाँका अनुसार अब संरचना संरक्षणको कार्य संस्थागत रूपमा अगाडि बढाइनेछ ।
राष्ट्रियसभा सदस्य मदनकुमारी शाह गरिमाले कैलालीको गर्भा दरबारको संरक्षण र पर्यटन प्रवद्र्धनबारे सरकारको नीति तथा कार्यक्रमबारे प्रश्न गर्नुभएको थियो ।
यसैबीच, राष्ट्रियसभा सदस्य मोहम्मद खालिदले उठाउनुभएको प्रश्नको उत्तर दिँदै मन्त्री पाण्डेले सरकार बहुभाषिक पहिचान प्रवर्द्धनमा प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “नेपालको संविधानको धारा ६ अनुसार नेपालमा बोलिने सम्पूर्ण मातृभाषा राष्ट्रभाषा हुन् र धारा २८७ अनुसार गठन भएको भाषा आयोगले ती भाषाको संरक्षण, अध्ययन, अनुसन्धान तथा विकास कार्य गर्दै आएको छ ।”
जनगणना, २०७८ का आधारमा हालसम्म १२४ भाषा पहिचान भइसकेका छन् । त्यसमा ९३ वटा अर्थात् करिब ७५ प्रतिशत भाषा आदिवासी समुदायसँग सम्बन्धित छन् । ती भाषाको संरक्षण, अभिलेखीकरण र प्रयोग प्रवद्र्धनमा सरकार निरन्तर लागिपरेको पनि मन्त्री पाण्डेले उल्लेख गर्नुभयो ।
मन्त्री पाण्डेले विविध भाषाभाषी समुदायको मौलिक अधिकार संरक्षण गर्नु नै सशक्त सामाजिक समावेशिता र पहिचानको आधार भएको स्पष्ट पार्दै सरकारको नीति तथा कार्यक्रम भाषा र संस्कृति संरक्षणमै केन्द्रित रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली