३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

‘वैदेशिक रोजगारबाट फर्केकाको सीपलाई राष्ट्रको हितमा प्रयोग गर्नुपर्छ’

१२ असार २०८२, बिहीबार १५:०३
काठमाडौँ  । सरकारले वैदेशिक रोजगारबाट फर्केकाहरूको सीप, पुँजी र प्रविधिलाई राष्ट्रहितमा प्रयोग गर्न आवश्यक सहयोग र सहजीकरण गर्नुपर्नेमा जोड इिएको छ ।
कोशी प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा आज विराटनगरमा आयोजित ‘वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको पुनःएकीकरण’ सम्बन्धमा सञ्चारकमीसँग छलफल तथा समन्वय बैठकमा सहभागीले वैदेशिक रोजगारबाट फर्केकाहरूको सामाजिक, आर्थिक र सीपलाई उद्यमी बनाउने लक्ष्यसहित सरकारले सहजीकरण गर्नुपर्नेमा जोड दिनुभएको हो ।
सामाजिक विकासमन्त्री पाँचकर्ण राईले कार्यक्रमको उद्घाटन गर्दै सरकारले वैदेशिक रोजगारबाट फर्केकाहरूलाई समाजमा आर्थिक रूपमा व्यवस्थापन गर्न नीति तथा कार्यक्रम ल्याएको जानकारी दिनुभयो । उहाँले विदेशबाट फर्केका युवाहरूको सीपलाई राष्ट्रिय पुँजीको बनाउनेतर्फ प्रदेश सरकारले पहल गरिरहेको बताउनुभयो ।
मन्त्रालयका निमित्त सचिव दामोदर फुयाँल, नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष सुशीला पाठक, वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिका लागि पुनःएकीकरण(रेमी)परियोजनाकी प्रदेश अध्यक्ष सपना थापाले विदेशबाट फर्केका जनशक्तिको सीपलाई उत्पादनसँग जोडेमा मुलुकको आर्थिक समृद्धि कायम गर्न सकिने सुझाव दिनुभयो । उहाँहरूले मुलुकलाई आर्थिक रूपमा समृद्ध बनाउन ती सीप प्रभावकारी बन्ने धारणा राख्नुभयो ।
वैदेशिक रोजगारीबाट फर्केका मोरङ केराबारी गाउँपालिका–१० की जीवनकुमारी राई र सुनसरी रामधुनी नगरपालिका–१ की सकुन्तला अधिकारीले विदेश रोजगारीमा जानेले सम्बन्धित देशको भाषा र आवश्यक सीप सिकेर गएमा सम्मानजनक रोजगारी र उचित पारिश्रमिक प्राप्त हुने भएकाले यसतर्फ विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
समन्वय बैठकमा सञ्चारकर्मी गणेश लम्साल, गोकुल पराजुली, अनुज सापकोटा, बाबुराम निरौलालगायत वक्ताले आ–आफ्नो धारणा र जिज्ञासा राख्नुभएको थियो । डा चन्द्रप्रसाद उपाध्यायले सचेतना अभिवृद्धिमा सञ्चारकर्मीको भूमिका र सामाजिक विकास मन्त्रालयका शम्भुप्रसाद साहले श्रम रोजगार क्षेत्रमा गरेका कामसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली