२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कोशी प्रदेश

‘लागुऔषध नियन्त्रणमा सबैको सहकार्य र समन्वय आवश्यक छ’ : मुख्यमन्त्री हिक्मतकुमार कार्की

१२ असार २०८२, बिहीबार १७:०८
काठमाडौँ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लागुपदार्थ दुव्र्यसन नियन्त्रणमा सबैको सबैको सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभएको छ ।
सुनसरी सदरमुकाम इनरुवामा आज जिल्ला प्रहरी कार्यालय र फ्यान जिल्ला कार्यसम्पादन समितिले आयोजना गरेको कार्यक्रममा उहाँले लागुपदार्थ नियन्त्रणमा सबैको भूमिका महत्त्वपूर्ण हुने भएकाले सबैको सहकार्य र समन्वय गरी अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
देशको विकास, समृद्धि र सुशासनको बाधकका रूपमा रहेको लागुऔषध दुव्यर्सन नियन्त्रणमा सबैको भूमिका र दायित्व रहेकाले सोहीअनुसारले व्यक्ति, परिवार र समाजले आआफ्नो ठाउँबाट समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले प्रदेशका विभिन्न जिल्लामा अभियानका रूपमा दुव्र्यसनविरुद्ध कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो । गाउँ, नगरका वडालाई क्रमशः लागुऔषध दुव्यर्सनमुक्त घोषणा गर्दै जाने अभियानमा प्रदेश सरकार रहेको जनाउँदै उहाँले समयमा लागुऔषध दुव्र्यसन नियन्त्रण गर्न नसके यसले विकराल समस्या निम्त्याउने भएकाले सबैले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक ईश्वर कार्कीले समाजको सत्रुका रूपमा रहेको लागुऔषधको सेवन तथा दुव्र्यसनलाई कम गर्ने प्रयासमा सबै लाग्नुपर्ने बताउनुभयो ।
समाजमा साथी सङ्गतको दबाब, एकअर्काको देखासिकी, अभिभावकको निगरानीको कमी, असफलतालगायत कारणले पनि बालबालिका तथा युवायुवती लागुऔषधको सेवन गर्ने गरेकाले यसप्रति सबैको ध्यानाकर्षण हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राजन मेहता, कोसी प्रदेशसभाका सांसद इसराइल मन्सुरी, रामप्रसाद मेहता, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डरी, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी, भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर अजाद, सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापालगायतको सहभागिता थियो ।
लागुऔषधले समाजमा पारेको क्षति, कानुनी प्रावधान, सेवनकर्ता वृद्धि हुनुका कारण, रोकथामका उपाय, चुनौतीलगायत विषयमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनले जानकारी दिनुभयो । लागुऔषध सेवनका कारणले अपराध हुने गरेकाले त्यसमा सबै चनाखो भएर अभियानलाई घरघरमा पुर्‍याउन आवश्यक रहेकामा उहाँले जोड दिनुभयो ।
सहभागीले लागुऔषध नियन्त्रणका लागि विभिन्न कार्यक्रम आवश्यक रहेको बताउनुभएको थियो । जिल्ला प्रहरी कार्यालयबाट सुरु भएको प्रभातफेरी इनरुवा नगरपालिकाको परिक्रमा गर्दै ओमसाइराम पार्टी प्यालेसमा गएर समापन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य