२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रवि लामिछानेको पक्षमा बाबुरामको ऐक्यबद्धता भन्छन् – वैकल्पिक शक्तिको ‘भ्रूण हत्या’ गर्न खोजियो

१४ असार २०८२, शनिबार १६:१७

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्षमा ऐक्यबद्धता जनाएका छन्। उनले शनिबार रास्वपाको केन्द्रीय कार्यालय, बनस्थली पुगेर पार्टीले सञ्चालन गरेको हस्ताक्षर अभियानमा सहभागी भएका हुन्।

हस्ताक्षरपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै डा. भट्टराईले रवि लामिछानेमाथि भइरहेको व्यवहारलाई ‘राजनीतिक प्रतिशोध’ को संज्ञा दिए। उनले पुराना शक्तिहरूले नयाँ र वैकल्पिक शक्तिहरूको ‘भ्रूण हत्या’ गर्न खोजेको आरोप लगाए।

उनले भने – ‘अंग्रेजीमा एउटा भनाइ छ- तपाईं असल भएर मात्र हुँदैन, असल देखिनु पनि पर्छ। लोकतन्त्र भनेको विधिको शासन हो, तर रवि लामिछानेजीको हकमा महिनौंदेखि एकपछि अर्को मुद्दामा हिरासतमा राख्ने र जनप्रतिनिधिको कर्तव्य पूरा गर्न नदिने जुन काम भइरहेको छ, यसले विधिको शासनभन्दा पनि कुनै अर्कै नियतले काम गरेजस्तो देखिन्छ,’ भट्टराईले भने।

उनले महाभारतको प्रसंग जोड्दै थपे, ‘कृष्णको जन्म हुँदैछ र उसले आफ्नो मृत्यु गराउँछ भन्ने थाहा पाएर कंसले बहिनीको गर्भबाट नजन्मिँदै कृष्णलाई मार्न खोजे जस्तै, पुराना शक्तिहरूले नयाँ उदयमान शक्तिहरूलाई त्यसैगरी भ्रूण हत्या गर्न खोज्छन्।’

डा. भट्टराईले अदालतले दोषी प्रमाणित नगरेसम्म कोही पनि निर्दोष हुने सिद्धान्तको स्मरण गराउँदै अहिलेको घटनाक्रमले राजनीतिक प्रतिशोधको गन्ध आएको र त्यो ठीक नभएको बताए।

उनले भने, ‘यो घटनाले प्रकारान्तरले वैकल्पिक र नयाँ शक्तिहरूको उदयको निम्ति आधार तयार पार्दैछ। पुराना शक्तिहरूको गलत हर्कत र नियत आम जनताले बुझ्दैछन्।’

वैकल्पिक र नयाँ शक्तिहरूबीच आधारभूत कुरामा सहकार्य र कतिपय अवस्थामा प्रतिस्पर्धा गर्दै पुराना, भ्रष्ट र पतनशील शक्तिहरूविरुद्ध लड्नुपर्नेमा उनले जोड दिए।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै