2026-07-28 09:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पार्टी विचलनमा गयो, दुर्घटनाबाट जोगाउन यथास्थितिबाट फर्कियौँः प्रचण्ड

2025-06-28
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई दुर्घटनाबाट जोगाउन यथास्थितिबाट आदर्शतिर फर्काएको बताउनुभएको छ ।
माओवादी केन्द्र मध्यपुरथिमि नगर कमिटीले आयोजना गरेको पार्टीका केन्द्रीय सल्लाहकार स्व कृष्णलाल गोजा श्रेष्ठको श्रद्धाञ्जली कार्यक्रममा उहाँले पार्टीलाई फेरि एकपटक समाजवादको यात्रामा अगाडि बढाएको बताउनुभएको हो ।
अध्यक्ष दाहालले भन्नुभयो, “पार्टीमा निकै ठूलो दुर्घटना हुनसक्छ भनेर नै पार्टीलाई यथास्थितिबाट फेरि आदर्श, समर्पण, वर्ग सङ्घर्ष र समुदायतर्फ फर्काउने सङ्कल्प पार्टीको केन्द्रीय समितिको बैठकबाट ग¥यौँ । पार्टीलाई एकपटक समाजवादको यात्राको नेतृत्व गर्ने पार्टीका रुपमा अगाडि बढाउने सङ्कल्प र प्रतिबद्धता गरेका छौँ ।”
उहाँले भन्नुभयो, “कम्युनिष्ट पार्टी स्थापना गर्दा जुनआदर्श, समर्पण भावको साथ त्याग र तपास्याद्वारा जनताको सेवा गर्ने, जनतामा सेवाभाव तथा वर्ग मुक्तिका लागि आफूलाई सम्पूर्ण रुपमा समर्पण गर्ने प्रतिबद्धता गथ्र्यौ, जनक्रान्ति, जनयुद्ध, जनआन्दोलनमा यसप्रकारको समर्पण प्रकट गथ्र्यौ, तर त्यो समर्पणमा खडरी प¥यो ।”
पार्टीमा अवसरका निम्ति, स्वार्थका निम्ति, व्यक्तिका तछाडमछाड गरेको बताउदै उहाँले पार्टीमा राजनीतिक मुद्दा, वर्ग, समुदायप्रति जति नजिकको सम्बन्ध र उनीहरुको मुक्तिका लागि जति हुनुपथ्र्यो, त्यो हुन नसकेको उहाँको भनाइ थियो । अहिलेकै अवस्था रहेमा कम्युनिष्ट भविश्य र आन्दोलनमा देखेको सपना पूरा हुन सक्दैन भन्ने ठहर गर्दै पार्टी फेरि एकपटक आफ्नो सिद्धान्त, वर्ग, आदर्शतिर समुदायको सम्बन्धलाई घनिष्ट र सुमधुर बनाउने लक्ष्यका साथ अगाडि बढेको बताउनुभयो ।
उहाँले सहिद, बेपत्ता, घाइते, जेलनेल भोगेकाहरुसँगको सम्बन्ध कायम गर्दै उनीहरुको पीडा सुन्ने र पार्टीले के गर्नसक्छ के राहत दिनसक्छ भनेर सङ्कल्पका साथ अगाडि बढ्नुपर्ने बताउनुभयो ।
पार्टीले चलाएको नयाँ रुपान्तरको सङ्कल्प र त्यसका लागि चलाएको अभियानलाई कार्यकर्ताले गहिरो रुपमा बुझ्नु जरुरी रहेको बताउँदै उहाँले समाजवादी क्रान्तिको तयारीमा अगाडि बढेको बताउनुभयो ।
कार्यक्रममा अध्यक्ष दाहालले स्व कष्णलाल गोजा श्रेष्ठको निधनले निष्ठावान् अभिभावकको अवसान भएको महसुस भइरहेको बताउनुभयो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय नेताहरुले स्व श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पार्टीले उहाँले क्रान्तिमा पु¥याएको योगदानको कदर गर्ने बताउनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिकित्सकमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारबाही गर्न निर्देशन नेपालको लोकतान्त्रिक आन्दोलनमा गोपालमान श्रेष्ठले निभाउनु भएको भूमिका सधैं स्मरणीय रहनेछ: देउवा नेपाली कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक चिकित्सकको माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह नेप्से परिसूचक सामान्य अङ्कले घट्यो त्रिविको प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना पक्राउ मुग्लिन-नारायणगढ सडकखण्ड करिब चार घण्टापछि पुनः दुईतर्फी सञ्चालनमा सुर्खेतमा जीप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते श्रीमतीको हत्या प्रयास गर्ने श्रीमान् पक्राउ आज देशभरिका अस्पतालमा आकस्मिकबाहेक सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा सुनचाँदीको मूल्य घट्यो सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै