२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वराष्ट्रपति भण्डारीद्वारा धान दिवसको शुभकामना

१५ असार २०८२, आईतवार १५:१७

काठमाडौँ | पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कृषि क्षेत्रको दिगो विकासमा जोड दिनुपर्ने बताउनुभएको छ । राष्ट्रिय धान दिवसको अवसरमा सामाजिक सञ्जाल ट्वीटर(एक्स) पेजमार्फत आज शुभकामना दिनुहुँदै पूर्वराष्ट्रपति भण्डारीले धान बालीलगायतका कृषि उपजमा आत्मनिर्भर बन्नका लागि दिगो कृषिप्रणालीको विकास हाम्रो साझा लक्ष्य हुनुपर्ने भनी सम्बद्ध पक्षको ध्यानाकर्षण गर्नुभयो ।

जलवायु परिवर्तन, बढ्दो सहरीकरण र कृषि जनशक्तिको न्यूनताजस्ता चुनौतीका बाबजुद् कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग, उन्नत बीउबिजनको व्यवस्था, बजारको पहुँच र किसानलाई आत्मसम्मानसहितको जीवन निर्वाह गर्ने वातावरण निर्माण गर्न राज्य, निर्माता र सम्बद्ध सबै पक्षको अझ बढी ध्यान जान आवश्यक रहेको उहाँले बताउनुभयो ।

“धान, हाम्रो सभ्यता, संस्कार आत्मनिर्भरतासँग जोडिएको प्रमुख अन्नबाली हो । धान दिवस किसानको श्रम, प्रकृतिप्रतिको आस्था र समृद्धिको यात्राप्रतिको सामूहिक सङ्कल्पको प्रतीक हो । यस अवसरमा खेतबारीमा दिनरात खटेर अन्न उत्पादन गर्ने मेहनति किसान दाजुभाइ–दिदीबहिनीहरूमा हार्दिक सम्मान प्रकट गर्दछु,” पूर्वराष्ट्र भण्डारीले भन्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै