२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

‘जलवायु अराजकता र द्वन्द्वग्रस्त संसार’ मा सहायता वृद्धि गर्न गुटेरेसको आग्रह

१६ असार २०८२, सोमबार १६:५९
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सोमबार अन्तर्राष्ट्रिय समुदायलाई ‘असमानता, जलवायु अराजकता र उग्र द्वन्द्वले हल्लाएको संसार’ मा ‘विकासको इन्जिनलाई पुनर्जीवित गर्न’ सहयोग गर्न आग्रह गर्नुभएको छ ।
संयुक्त राज्य अमेरिकाको नेतृत्वमा रहेका धनी दाता देशहरूले द्वन्द्व र आर्थिक अस्थिरताले उनीहरूको खर्च प्राथमिकतालाई परिवर्तन गरेपछि सहायता बजेट कटौती गरेका छन् वा घटाउने योजना बनाएका छन् ।
यो कटौतीले विकासोन्मुख देशहरूमा स्वास्थ्य, शिक्षा र मानवीय कार्यक्रमहरूको प्रगतिलाई पूर्ववत पार्ने जोखिम छ । तीमध्ये धेरै पहिले नै भारी ऋणको बोझमुनि सङ्घर्ष गरिरहेका छन् ।
स्पेनमा संयुक्त राष्ट्रसङ्घको सहायता सम्मेलनको उद्घाटन गर्दै गुटेरेसले प्रतिनिधिहरू यस क्षेत्रलाई प्रभावित पार्ने ‘विशाल प्रतिकूल हावा’ को सामना गर्दै ‘लगानी तीव्र पार्न विकासको इन्जिनलाई मर्मत र पुनरुत्थान गर्न’ भेला भएको बताउनुभयो ।
“ती चुनौतीमा ‘सुस्त अर्थतन्त्र, बढ्दो व्यापार तनाव र विनाशकारी सहायता बजेट, असमानता, जलवायु अराजकता र उग्र द्वन्द्वले हल्लाएको विश्व’ समावेश थियो”, उहाँले भन्नुभयो ।
सन् २०३० का लागि अन्तर्राष्ट्रिय समुदायले तय गरेको विकास लक्ष्यको दुई तिहाइ ‘पछाडि’ रहेको र त्यसलाई हासिल गर्न वार्षिक ४० खर्ब डलरभन्दा बढी लगानी आवश्यक पर्ने गुटेरेसले बताउनुभयो ।
सङ्कटको मतलब बालबालिकाले खोप नपाउनु, छात्राहरूले स्कूल छोड्नु र परिवारहरूले भोकमरी भोग्नु परेको छ भन्दै उहाँले संसारलाई ‘दिशा परिवर्तन’ गर्न आग्रह गर्नुभयो ।
दक्षिणी सहर सेभिलमा जुन ३० देखि जुलाई ३ सम्म चल्ने चौथो अन्तर्राष्ट्रिय विकास वित्तपोषण सम्मेलनका लागि दर्जनौँ विश्व नेताहरू भेला भएका थिए । यो एक दशकमा यस्तो सबैभन्दा ठूलो वार्ता हो ।
यो सभाले गरिबी र भोकमरी उन्मूलन, लैङ्गिक समानताको प्रवर्द्धन, कर प्रणाली र अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूको सुधारको प्रतिबद्धतालाई पुनः पुष्टि गर्ने दस्तावेज अपनाउने छ ।
तर संसारको मुख्य विदेशी सहायता दाता संयुक्त राज्य अमेरिकाले यस कार्यक्रमलाई बेवास्ता गरिरहेको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य