2026-08-24 03:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

‘जलवायु अराजकता र द्वन्द्वग्रस्त संसार’ मा सहायता वृद्धि गर्न गुटेरेसको आग्रह

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सोमबार अन्तर्राष्ट्रिय समुदायलाई ‘असमानता, जलवायु अराजकता र उग्र द्वन्द्वले हल्लाएको संसार’ मा ‘विकासको इन्जिनलाई पुनर्जीवित गर्न’ सहयोग गर्न आग्रह गर्नुभएको छ ।
संयुक्त राज्य अमेरिकाको नेतृत्वमा रहेका धनी दाता देशहरूले द्वन्द्व र आर्थिक अस्थिरताले उनीहरूको खर्च प्राथमिकतालाई परिवर्तन गरेपछि सहायता बजेट कटौती गरेका छन् वा घटाउने योजना बनाएका छन् ।
यो कटौतीले विकासोन्मुख देशहरूमा स्वास्थ्य, शिक्षा र मानवीय कार्यक्रमहरूको प्रगतिलाई पूर्ववत पार्ने जोखिम छ । तीमध्ये धेरै पहिले नै भारी ऋणको बोझमुनि सङ्घर्ष गरिरहेका छन् ।
स्पेनमा संयुक्त राष्ट्रसङ्घको सहायता सम्मेलनको उद्घाटन गर्दै गुटेरेसले प्रतिनिधिहरू यस क्षेत्रलाई प्रभावित पार्ने ‘विशाल प्रतिकूल हावा’ को सामना गर्दै ‘लगानी तीव्र पार्न विकासको इन्जिनलाई मर्मत र पुनरुत्थान गर्न’ भेला भएको बताउनुभयो ।
“ती चुनौतीमा ‘सुस्त अर्थतन्त्र, बढ्दो व्यापार तनाव र विनाशकारी सहायता बजेट, असमानता, जलवायु अराजकता र उग्र द्वन्द्वले हल्लाएको विश्व’ समावेश थियो”, उहाँले भन्नुभयो ।
सन् २०३० का लागि अन्तर्राष्ट्रिय समुदायले तय गरेको विकास लक्ष्यको दुई तिहाइ ‘पछाडि’ रहेको र त्यसलाई हासिल गर्न वार्षिक ४० खर्ब डलरभन्दा बढी लगानी आवश्यक पर्ने गुटेरेसले बताउनुभयो ।
सङ्कटको मतलब बालबालिकाले खोप नपाउनु, छात्राहरूले स्कूल छोड्नु र परिवारहरूले भोकमरी भोग्नु परेको छ भन्दै उहाँले संसारलाई ‘दिशा परिवर्तन’ गर्न आग्रह गर्नुभयो ।
दक्षिणी सहर सेभिलमा जुन ३० देखि जुलाई ३ सम्म चल्ने चौथो अन्तर्राष्ट्रिय विकास वित्तपोषण सम्मेलनका लागि दर्जनौँ विश्व नेताहरू भेला भएका थिए । यो एक दशकमा यस्तो सबैभन्दा ठूलो वार्ता हो ।
यो सभाले गरिबी र भोकमरी उन्मूलन, लैङ्गिक समानताको प्रवर्द्धन, कर प्रणाली र अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूको सुधारको प्रतिबद्धतालाई पुनः पुष्टि गर्ने दस्तावेज अपनाउने छ ।
तर संसारको मुख्य विदेशी सहायता दाता संयुक्त राज्य अमेरिकाले यस कार्यक्रमलाई बेवास्ता गरिरहेको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो