२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘संविधान निर्माणका क्रममा हस्ताक्षर गर्नेले विरोध गर्नु उचित होइन’: उपप्रधानमन्त्री सिंह

१८ असार २०८२, बुधबार १५:१६
काठमाडौँ ।  प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालीरहनुभएका उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधान निर्माणका क्रममा हस्ताक्षर गर्नेहरूले अहिले आएर संविधानको विरोध गर्नु उचित नहुने धारणा राख्नुभएको छ ।
आज काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन कार्यक्रममा उपप्रधानमन्त्री सिंहले २०१७ सालमा गुमेको जनताको मौलिक अधिकार २०४६ सालमा प्राप्त गरिएको कसैले बिर्सिन नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “१७ सालमा खोसिएको जनताको मैलिक अधिकार फिर्ता ल्याउन ३० वर्ष कुर्नु प¥र्यो । सर्वमान्य नेता गणेशमान सिंहको पहलमा ४६ सालमा प्राप्त गरेको बिर्सिनु हुँदैन । प्राप्त गरेको अधिकार सुरक्षित गर्न सक्नुपर्छ । संविधान निर्माण गर्दा हस्ताक्षर गर्नेहरूले विरोध गर्नु उचित हुँदैन ।”
उहाँले आफूहरू जनताको सेवाका लागि राजनीतिमा आएकाले आफ्नो धर्म भनेको जनताको सेवा गर्ने भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारको कामकारबाहीलाई जनताले हेरेर बसिरहेका छन् । जनता र देशका लागि काम नगर्ने नेताहरूलाई जनताले निर्वाचनमा मूल्याङ्कन गर्नुपर्छ ।”
सहरी विकासमन्त्री सिंहले निजामती विधेयकमा केही तलमाथि भएके भन्दै विधेयकमा चलखेल गर्नेलाई कारबाही हुनुपर्ने बताउनुभयो । छानबिनपछि जोसुकै दोषी भए पनि कारबाही हुनुपर्ने उहाँको भनाइ छ । कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले अहिले नगरको आफ्नो भवन निर्माण भएकाले सेवा प्रवाहमा सहजता हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहभागी विभिन्न राजनीतिक दलका नेताहरूले नगरको नयाँ भवन निर्माण भएकोप्रति खुसी व्यक्त गर्नुका साथै नागरिकलाई सेवा प्रवाहमा सहज होस् भन्ने शुभकामना व्यक्त गर्नुभएको थियो । करिब रु ५१ करोड बढी लागतमा उक्त भवन निर्माण गरिएको जनाइएको छ । आजको कार्यक्रममा नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन निर्माणमा सहयोग गर्ने व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै