2026-08-22 07:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आन्दोलन गरेर मात्रै नेपालको प्रणालीमा परिवर्तन ल्याउन सकिन्छ : राजेन्द्र लिङ्देन

काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा यथास्थितीको अन्त्य गरेर नयाँ सम्झौता र समझदारीबाट अगाडि बढ्न आन्दोलन गर्नै पर्ने बताएका छन्।

बुधबार काठमाडौँमा आयोजित वर्तमान मुलुकको अवस्था र राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वदायी भूमिका विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले आम जनतालाई ठिक तरिकाले बुझाउन नसक्दा आन्दोलनलाई प्रभावकारी बनाउन नसकेको भन्दै आन्दोलनलाई प्रभावकारी बनाउनुपर्ने बताएका हुन्।

उनले भने, ‘हामीले ठिक तरिकाले संगठन निर्माण गर्न नसक्दा र आम जनतालाई ठिक तरिकाले बुझाउन नसक्दा हामीले आन्दोलनलाई प्रभावकारी र परिणाममुखी बनाउन सकेनौँ। तर फेरि पनि भन्छु हामीले यो देशमा यथास्थितीको अन्त्य गरेर एउटा नयाँ सम्झौता र समझदारीबाट देशलाई अगाडि लानको लागि आन्दोलन गर्नैपर्छ र आन्दोलन उठाउनै पर्छ। आन्दोलन अनिवार्य छ र हामीले गर्ने संगठनको सबै क्रियाकलापहरु आन्दोलनको तयारीको रुपमा नै हामीले बुझ्नुपर्छ।’यस्तै, उनले नेपालमा ठूला ठूला परिवर्तन आन्दोलनबाट नै भएको भन्दै नेपालमा आधारभूत रुपमा प्रणालीमा नै परिवर्तन गर्ने हो भने आन्दोलन नै प्रथम कुरा भएको बताए।

उनले भने, ‘२००७, ४६ र ६२, ६३ सालको तीन वटा परिवर्तन आन्दोलनको बलमा नै भएको थियो। चुनावबाट राणा शासनको अन्त्य भएको थिएन्, आन्दोलनबाटै भएको थियो। नेपालमा आधारभूत रुपमा प्रणालीमा नै परिवर्तन गर्ने हो भने आन्दोलन नै प्रथम कुरा हो। आन्दोलनले नै यो व्यवस्था परिवर्तन हुन सक्छ। यो नेताहरुमा समस्या छ तर यो नेताहरुले ल्याएको व्यवस्थामा पनि समस्या छ। यो व्यवस्थाले ल्याएको निर्वाचन प्रणाली भ्रष्ट छ, नेतालाई पैसा खुवाएर मन्त्री, प्रधानमन्त्री बन्नुपर्ने र प्रधानमन्त्री भइसकेपछि देशको लागि होइन आफ्नो निर्वाचन क्षेत्रको लागि काम गर्ने व्यवस्था छ।’

भ्रष्ट नेताहरुले जोगिनको लागि अख्तियार र अदालत जस्तो ठाँउमा पनि आफ्नो मान्छे नियुक्त गरेको पनि उनको आरोप छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो