2026-09-14 02:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल चौथो पटक फाइनलमा

काठमाडौँ । मलेसियामाथि सहज जित निकाल्दै नेपाली युवा टोली एसीसी पुरुष यू–१६ इष्ट जोन कपको उपाधि नजिक पुगेको छ। बिहीबार भएको पहिलो सेमिफाइनलमा मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल चौथो पटक फाइनलमा पुगेको हो।

मलेसियाले दिएको ९१ रनको झिनो लक्ष्य नेपालले ११.४ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो। दोस्रो विकेटका लागि ओपनर परिमहर्जन यादव र श्रीवांस बजगाइले ४५ बलमा ७५ रनको अविजित साझेदारी गरेपछि नेपालले सहज लक्ष्य भेट्टाएको हो। परिमहर्जन ५९ र श्रीवांस २३ रनमा नटआउट रहे। परिमहर्जनले ३५ बलमा ५ चौका र ५ छक्का प्रहार गरे। अर्का ओपनर प्रसिद्ध जैसी २ रनमा क्याच आउट भए।

त्यसअघि मलेसियाको क्वालालाम्पुरस्थित सेनेङगर टर्फ क्लबमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको घरेलु टोली ४३.१ ओभरमा ९० रनमा अलआउट भयो। मलेसियाका लागि मोहम्मद फाथुल मुइनले बनाएको ३८ रन नै सर्वाधिक रह्यो। कप्तान डियाज पट्रोले १० रन थपे। अनय ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

मलेसियालाई सस्तैमा रोक्न नेपालका अभय यादवले सर्वाधिक ४ विकेट लिए। उनले आफ्नो स्पेलमा मात्र १५ रन खर्चे घातक बलिङ गरेका शुभम खनालले आफ्नो स्पेलमा ३ विकेट लिदा मात्र १२ रन खर्चेर ४ ओभर मेडन राखे।
विपिनप्रसाद शर्मा र सचिन भट्टले समान एक विकेट आफ्नो नाममा गरे। नेपालले अब उपाधिका लागि दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ। दोस्रो सेमिफाइनलमा अहिले हङकङ र सिगांपुर भिडिरहेका छन्।

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले