३ कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतिभालाई युरोपमा प्रशिक्षणको मौका

२२ भाद्र २०७४, बिहीबार ११:०६

मुना कार्की। भदौ २२, काठमाडौँ। राष्ट्रिय महिला भलिबल खेलाडी प्रतिभा मालीले नेदरल्याण्डमा प्रशिक्षण लिने मौका पाएकी छन् । 

नेदरल्यान्ड भलिबल सङ्घले तीन साताको प्रशिक्षणका लागि मालीलाई निमन्त्रणा पठाएको नेपाल भलिबल सङ्घका महासचिव जीतेन्द्रबहादुर चन्दले राससलाई जानकारी दिनुभयो । 

गत महिना मात्र नेपाल भ्रमणमा आउनुभएका नेदरल्यान्ड भलिबल सङ्घका विकास प्रबन्धक पिटर भ्यान तरेलले प्रतिभालाई प्रशिक्षणका लागि निमन्त्रणा पठाउनुभएको हो । 

महासचिव चन्दले राष्ट्रिय खेल भएकाले व्यक्तिगत मात्र नभई भलिबल खेलको विकासका लागि उक्त प्रशिक्षणले सघाउ पुग्ने बताउनुभयो । उहाँका अनुसार माली त्यहाँ रहँदासम्मको सम्पूर्ण खर्च आयोजकले नै व्यहोर्नेछ । 

काठमाडौँको नैकाप तीनथानाकी माली अहिले १६ वर्षकी भइन् । सानै उमेरमा भलिबल खेलमा चर्चा कमाउन उनी सफल भइन् । तेह्र वर्षको उमेरदेखि नै राष्ट्रिय टोलीबाट भलिबलमा डेब्यु गरेकी मालीले त्यसयता निरन्तर टोलीमा सहभागी छिन् । उनी राष्ट्रिय टोलीकी सबैभन्दा कान्छी खेलाडी समेत हुन् । 

न्यू डायमण्ड एकेडेमीकी उत्पादन मालीले नेदरल्यान्डमा व्यावसायिक प्रशिक्षण लिनेछिन् । उनले आगामी असोज ६ गतेदेखि २८ गतेसम्म प्रशिक्षण लिने कार्यक्रम तय भएको महासचिव चन्दले जानकारी दिनुभयो । 

राष्ट्रिय टोलीको सदस्य मालीले उक्त अवसर पाएकामा खुशी व्यक्त गर्दै प्रशिक्षणले भलिबल खेलको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । सहास स्पोर्टस्की ब्राण्ड एम्बासडरसमेत रहेकी मालीलाई केही दिनअघि मात्र युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मान गरेको थियो । 

त्यस्तै माली नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा यही भदौ २६ गते हुने पल्सर स्पोर्टस् अवार्डअन्तर्गत उत्कृष्ट युवा खेलाडी विधाको मनोनयनमासमेत परेकी छन् । 

नेपाली भलिबल टोलीका प्रशिक्षक जगदीशप्रसाद भट्टले माली प्रतिभावान् खेलाडी भएकै कारण उक्त प्रशिक्षणका लागि छनोट भएको बताउनुभयो । प्रतिभाले सबैभन्दा कम उमेरमा भलिबलमा उल्लेखनीय उपलब्धि हासिल गरेको उहाँको भनाइ छ । “अझै १०÷१५ वर्षसम्म राष्ट्रिय टोलीबाट खेल्ने सम्भावना छ, नेदरल्याण्डको प्रशिक्षणबाट नेपालको समग्र भलिबललाई फाइदा पुग्नेछ,” मालीको खेलको प्रशंसा गर्दै प्रशिक्षक भट्टले भन्नुभयो । 

मालीको प्रशिक्षणले माहिला भलिबल खेलको विकासमा टेवा पुग्ने भन्दै उहाँले अन्य खेलाडीलाई समेत प्रेरणा मिल्ने बताउनुभयो । नेपालको भलिबल खेलमा सहयोग गर्ने विषयमा नेदरल्यान्ड भलिबल सङ्घ र नेपाल भलिबल सङ्घबीच गत महिना काठमाडौँ सम्झौता भएको थियो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि पक्राउको विपक्षमा पोखरामा शक्ति प्रदर्शन, प्रधानमन्त्री ओलीप्रति आक्रोश प्रचण्ड र एनआरएनएबिच भेटवार्ता: एकतामा जोड, गैरआवासीय नागरिकताबारे ध्यानाकर्षण रवि लामिछानेको पक्राउ प्रमाणमा होइन, राजनीतिक प्रतिशोधमा भएको छ’ नेकपाका महासचिवमा विप्लवले भने: माओवादी एकताबद्ध भए ०६४ दोहोरिन्छ ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने : प्रधानमन्त्री ओली माओवादी पार्टीहरुको एकता चाँडै टुङ्गोमा पुग्छ : अध्यक्ष प्रचण्ड इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या ४२ हजार पुग्यो रास्वपा प्रवक्ता मनिष झाले भने : देउवा लोकतन्त्रका सबैभन्दा ठूला ठग हुन् रवि लामिछाने पक्राउको विरोधमा रास्वपाका कार्यकर्ताले गरे पोखरामा प्रदर्शन मलेसिया सरकारले बढायो श्रमिकको तलब, अब न्यूनतम तलब १७०० रिंगेट काठमाडौं महानगरले पर्यटन प्रवर्द्धनका लागि आज बसन्तपुरमा सांस्कृतिक कार्यक्रम गर्दै चितवनमा जनयुद्ध लडेका नेताहरुलाई एउटै मन्चमा ल्याउने प्रयास रवि लामिछाने लक्षित सूर्य थापाको व्यङ्ग्य लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुने न्युजिल्यान्ड १४ वर्षपछि महिला विश्वकपको फाइनलमा आजको मौसम : देशका केही भूभागमा वर्षा हुने पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने कास्की प्रहरीको हिरासतमा रवि पक्राउ पछि सीके राउतको प्रतिक्रिया: ‘सुनौलो भविष्य बोकेको कोपिला निमोठिएको हो’ सभापति लामिछाने पक्राउ: राजनीतिक पूर्वाग्रह साफ वुमन्स च्याम्पियनसिप: नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा सकियो