भदौ २३, काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा ३८औँ राष्ट्रिय शिक्षा दिवसका अवसरमा उत्कृष्ट विद्यार्थीलाई विभिन्न विद्यापदक "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ २३, काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा ३८औँ राष्ट्रिय शिक्षा दिवसका अवसरमा उत्कृष्ट विद्यार्थीलाई विभिन्न विद्यापदक "/>

2026-09-19 02:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रपतिबाट विद्यापदक प्रदान

भदौ २३, काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा ३८औँ राष्ट्रिय शिक्षा दिवसका अवसरमा उत्कृष्ट विद्यार्थीलाई विभिन्न विद्यापदक प्रदान गर्नुभएको छ । 

राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको कार्यक्रममा उहाँले नेपाल विद्याभूषण पदक ‘क’बाट २१५ जना, ‘ख’बाट ८२ जना, ‘ग’बाट २८ जना, स्नातक तहको नेपाल छात्र विद्यापदक २३ जना र प्रमाणपत्र तहको नेपाल छात्र विद्यापदक तीन जनालाई प्रदान गर्नुभएको हो । 

सो अवसरमा राष्ट्रपति भण्डारीले पदक पाउनेले आफ्नो आर्जित ज्ञान र विद्धतालाई सामाजिक, आर्थिक समृद्धिमा प्रयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । 

देश विकासको आधार स्तरीय शिक्षा भएको बताउँदै उहाँले भन्नुभयो,–“शिक्षाले सामाजिक, आर्थिक र राजनीति रुपमा जागरुक नागरिक तयार गर्छ भने आर्थिक रुपमा सक्षम हुने वातावरणसमेत सिर्जना गर्छ ।” 

राष्ट्रपति भण्डारीले सदियौँदेखि अभ्यासमा रहेको पूर्वीय ज्ञानलाई संरक्षण र संवद्र्धन गर्दै समयानुकूल आधुनिक ज्ञानको माध्यमबाट समग्र शिक्षा पद्दतिलाई वैज्ञानिक ढंगको बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो । 

उच्च शिक्षालाई सर्वसुलभ र गुणस्तरीय बनाउनुपर्नेमा जोड दिँदै उहाँले प्राविधिक विषयमा नेपालमा विश्वस्तरीय शिक्षा प्रदान गर्ने वातावरण बन्नु खुशीको कुरा हो भन्नुभयो । 

राष्ट्रपति भण्डारीले संविधानमा आधारभूत शिक्षाको पहुँचलाई निःशुल्क र अनिवार्य तथा माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क गर्ने व्यवस्था राख्नु खुशीको कुरा भएको बताउँदै भूकम्प, बाढीपहिरोबाट क्षतिग्रस्त शैक्षिक संस्थाको पुनःनिर्माणलाई तीव्रता दिई सबैले सहज रुपमा शिक्षाआर्जन गर्ने वातावरण बनाउन सम्बन्धीत सबैमा आग्रह गर्नुभयो । 

“शिक्षा आर्जन गर्न विदशेमा जान रमाउने, हासिल गरेको सीप, दक्षता, अनुभव र शिक्षा पनि विदेशमै समर्पित गर्ने प्रवृत्ति युवाको एउटा पंक्तिमा देखिएको छ, यो हाम्रो सामु देखिएको एउटा चुनौती हो, यसलाई दीर्घकालीन रुपमै समाधान गर्नका लागि शिक्षा क्षेत्रका सरोकारवाला र नीति निर्माताले समयमै सचेत हुनुपर्छ,” उहाँले भन्नुभयो । 

राष्ट्रपति भण्डारीले संविधान जारी भई अहिले मुलुक स्थानीय तहको अन्तिमचरणको निर्वाचन सम्पन्न गर्ने अन्तिम घडीमा रहेको तथा प्रदेश र संघको निर्वाचनको मिति घोषणा भई त्यसको तयारीमा जुटेको उल्लेख गर्दै यी निर्वाचनले राज्य सञ्चालनका लागि संवैधानिक र कानूनी व्यवस्थालाई थप संस्थागत र सुदृढ गर्ने विश्वास व्यक्त गर्नुभयो । 

सामाजिक न्याय र समानतामा आधारित समाजवाद उन्मुख समृद्ध नेपाल निर्माण अहिलको प्रमुख कार्यभार रहेको बताउँदै उहाँले विकासोन्मुख मुलुकबाट नेपाललाई विकासित राष्ट्रमा लैजानु आजको आवश्यकता हो भन्नुभयो । 

कार्यक्रममा उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले देश विकासका लागि शिक्षा पहिलो खुड्किलो भएकोले सबै शिक्षित भए मात्रै देश विकास सम्भव रहेको बताउनुभयो । 

अहिलको शिक्षा पद्दतिलाई परिमार्जन गर्दै स्थानीयकरण, आधुनिकीकरण र विविधिकरण बनाउँदै लैजानुपर्नेमा उहाँले जोड दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई