२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ईभी गाडीले ठक्कर दिँदा पठाओ चालकको मृत्यु

२०८२, २५ असार बुधबार ११:४४

काठमाडौं । काठमाडौँको टोखामा ईभी गाडीले ठक्कर दिँदा पठाओ चालकको मृत्यु भएको छ।

टोखा नगरपालिका- ६ ग्राण्डि सडक खण्डमा बा.प्र-०१ ००२ ज ७३७८ नम्बरको ईभी माइक्रोले बा.प्र-०२-०४४ प ६४०५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा २४ वर्षीय युवकको मृत्यु भएको हो। घटना मंगलबार दिउँसो साढे ३ बजेतिरको हो।

मृत्यु हुनेमा सर्लाहीको हरिवन नगरपालिका-१ बिलन्दी घर भइ हाल भक्तपुरको थलीमा बस्दै आएका २४ वर्षीय सोनाम योञ्जन छन्।

 

उनको शव हाल ग्राण्डी अस्पतालमा राखिएको छ। दुर्घटनामा गम्भीर घाइते भएका योञ्जनको उपचारको क्रममा ग्राण्डी अस्पताल टोखामा मृत्यु भएको प्रहरीले जनाएको छ।

तर, मृतकका बुवा राजकुमार योञ्जनले भने घटना शंकास्पद देखिएको बताएका छन्। आफ्नै लेनमा रहेको स्कुटरलाई अगाडीबाट आएको माइक्रोले ठक्कर दिँदा छोराको मृत्यु भएको उनले बताए। मृतकको शव अहिले ग्राण्डी अस्पतालमै छ।

घटनाको निष्पक्ष छानविन गरि दोषीमाथि कारबाहीको माग गर्दै पीडित पक्षले शव बुझन् मानेका छैनन्। मलेसियामा रोजगारी गरेर स्वदेश फर्किएका सोनामले एक वर्षदेखि काठमाडौँमा पठाओ चलाउँदै आएका थिए।

फुर्सदको बेला उनी मार्केटिङ पनि गर्थे। ‘आफ्नै देशमा केही गर्छु भनेर स्वदेश फर्किएको थियो,’ मृतक युवकका बुवा राजकुमारले भने, ‘उसको मृत्यु हुँदा नौ महिनाको नाती टुहोरो भयो, हामीले छोरा गुमायौँ।’

उनले घटना शंकास्पद देखिएको भन्दै प्रहरीलाई निस्पक्ष छानविन गर्न आग्रह गरे। ‘हामीलाई आज चक्रपथ प्रहरीले छलफलका लागि बोलाएको छ, म त्यता जाँदै छु,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल