2026-06-25 11:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

किएभमा आक्रमण भएको बेला रुबियो र रुसका लाभरोभबीच भेट हुने

काठमाडौँ । मस्कोले युक्रेनमा लगातार दुई दिनमा दोस्रो ठूलो आक्रमण गरेपछि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बिहीबार मलेसियामा आफ्ना रुसी समकक्षीसँग भेट गर्नुहुनेछ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० भन्दा बढी देशलाई दण्डात्मक भन्सार शुल्क लगाउने धम्की दिँदै आफ्नो व्यापार युद्धलाई बढाएको बेला विदेशमन्त्रीका रूपमा रुबियोको पहिलो एसिया भ्रमण आएको छ ।
रुबियोले क्वालालम्पुरमा दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्घ (आसियान) का विदेशमन्त्रीहरूको बैठकको साइडलाइनमा रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग भेट गर्नुहुने विदेश मन्त्रालयलका एक वरिष्ठ अधिकारीले बताए ।
पहिले आउने मिसाइलहरूको चेतावनी र करिब एक दर्जन घाइते भएको रिपोर्ट गरेपछि किएभमा रुसी आक्रमणबाट कम्तीमा दुई जनाको ज्यान गएको सहरको सैन्य प्रशासनले बिहीबार बताएको छ ।
किएभमा एएफपीका पत्रकारहरूले रातभरि सहरमा चर्को आवाजमा विस्फोट भएको सुनेका थिए र हवाई रक्षा प्रणालीबाट आकाश उज्यालो भएको देखेका थिए ।
एएफपीका एक रिपोर्टरका अनुसार राजधानीका दर्जनौँ बासिन्दाले केन्द्रीय मेट्रो स्टेसनमा शरण लिएका थिए ।
तीन वर्षभन्दा लामो युद्धमा युक्रेनमा रुसले गरेको सबैभन्दा ठूलो मिसाइल र ड्रोन आक्रमणको एक दिनपछि र ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि अपमानजनक आक्रमण गरेपछि यो आक्रमण भएको हो ।
अमेरिकाले आफ्नो रक्षाका लागि किएभलाई थप हतियार पठाउने भन्दै ट्रम्पले पुटिनमाथि युक्रेनका बारेमा ‘मूर्खतापूर्ण’ कुरा गरेको आरोप लगाउनुभयो ।
रुबियो र लाभरोभले पछिल्लो पटक फेब्रुअरीमा साउदी अरबमा ट्रम्प र पुटिनबीचको मेलमिलापपछि व्यक्तिगत रूपमा भेट गर्नुभएको थियो । दुई कूटनीतिज्ञले फोनमा पनि धेरै पटक कुरा गर्नुभएको छ ।
मलेसियापछि लाभरोभले यस सप्ताहन्तमा उत्तर कोरियाको भ्रमण गर्नुहुनेछ । । यो दुई देशले सैन्य सम्बन्ध गहिरो पार्दै मस्कोका शीर्ष अधिकारीहरूको उच्च–स्तरीय भ्रमणको शृङ्खलामा पछिल्लो भ्रमण हो ।
किएभको सेनालाई हटाउन र रूसी सेनालाई तोपखाना र मिसाइलहरू प्रदान गर्न रूसको कुर्स्क क्षेत्रमा हजारौँ सेना पठाउँदै प्योङयाङ आफ्नो युक्रेन आक्रमणको समयमा क्रेमलिनको मुख्य सहयोगीहरू मध्ये एकका रूपमा देखा परेको छ ।
अमेरिकी अधिकारीहरूले रुबियोको भ्रमणअघि वासिङ्टनले पूर्वी एसिया र दक्षिणपूर्वी एसियाप्रतिको आफ्नो प्रतिबद्धतालाई ‘प्राथमिकता’ दिइरहेको बताएका थिए ।
तर ट्रम्पले अधिकांश एसियाका गरी २० भन्दा बढी देशमा २० देखि ५० प्रतिशतसम्म दण्डात्मक भन्सार शुल्क लगाउने धम्की दिनुभएको छ र तामाको आयातमा ५० प्रतिशत भन्सार शुल्क र औषधिहरूमा सम्भावित दुई सय प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गर्नुभएको छ ।
भन्सार शुल्कहरू ‘भू–राजनीतिक प्रतिस्पर्धाका तीखो उपकरण’ हुन् भन्दै मलेसियाली प्रधानमन्त्री अनवर इब्राहिमले बुधबार एसियाका शीर्ष कूटनीतिज्ञहरूलाई नयाँ युगको चेतावनी दिनुभयो ।
ट्रम्पले सोमबार अप्रिलमा निलम्बन गर्नुभएका भन्सार शुल्कहरू अझ तीव्र रूपमा अगस्ट १ मा फिर्ता हुने बताउनुभयो ।
लक्षितमध्ये शीर्ष व्यापार साझेदारहरू जापान र दक्षिण कोरिया थिए । उनीहरू प्रत्येकले २५ प्रतिशत भन्सार शुल्कको सामना गर्छन् ।
आसियानका सदस्यहरू इन्डोनेसिया, लाओस, थाइल्यान्ड, मलेसिया, फिलिपिन्स, ब्रुनाई र म्यान्माले ट्रम्पको नयाँ समयसीमाभित्र वासिङ्टनसँग सम्झौता नगरे २० देखि ४० प्रतिशतसम्म भन्सार शुल्कको सामना गर्नुपर्नेछ ।
यी स्तरहरू अप्रिलमा मूल रूपमा धम्की दिइएका भन्सार शुल्कहरूबाट धेरै टाढा थिएनन्, यद्यपि केही दरहरू यस पटक उल्लेखनीय रूपमा कम थिए ।
आसियानको सदस्यसमेत रहेको भियतनाम ट्रम्पसँग अस्थायी सम्झौतामा पुग्ने बेलायतसँगै दुई देशमध्ये एक हो ।
मलेसियामा रुबियोले मन्त्रिस्तरीय सम्मेलन र पूर्वी एसियाली विदेशमन्त्रीहरूको बैठकमा भाग लिनुहुनेछ । बैठकमा जापान, दक्षिण कोरिया र चीन पनि सहभागी हुनेछन् ।
उहाँले अनवरसँग पनि भेट्ने र फिलिपिन्स र जापानसँग त्रिपक्षीय वार्ता गर्नुहुनेछ ।
रुबियोका चिनियाँ समकक्षी वाङ यी पनि आसियानमा हुनुहुन्छ । तर उहाँहरूबीचको कुनै बैठकको विवरण घोषणा गरिएको छैन ।
संयुक्त राज्य अमेरिकाको नाम उल्लेख नगरी वाङले बिहीबार ‘निष्पक्ष र अधिक उचित’ अन्तर्राष्ट्रिय व्यवस्थाको आह्वान गर्नुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ