2026-08-30 10:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुुबानको जोखिममा

काठमाडौँ | यहाँका २५ हजार ७३३ घरपरिवार बाढी पहिरोको जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार जिल्लाका सात पालिकामा रहेका एक लाख २८ हजार ६६५ जनसङ्ख्या वर्षातका कारण प्रभावित बन्ने देखिएको छ ।

बाढीका कारण सबैभन्दा बढी राप्ती नगरपालिकामा १० हजार १०९ घरका ५० हजार ९५० जना प्रभावित बन्ने तथ्याङ्कले देखाएको छ । यस्तै, भरतपुर महानगरपालिकामा छ हजार ६३५ घरका ३३ हजार १७५, माडी नगरपालिकाका तीन हजार ९४६ घरका १९ हजार ७३० जना, रत्ननगर नगरपालिकाका दुई हजार ३८१ घरका ११ हजार ९०५ जना प्रभावित बन्ने प्रारम्भिक तथ्याङ्कले देखाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यस्तै, कालिका नगरपालिकाका एक हजार पाँच परिवारका पाँच हजार २५ जना, खैरहनी नगरपालिकामा तीन सय २० परिवारका एक हजार ६००, इच्छाकामना गाउँपालिकामा एक हजार २५६ परिवारका छ हजार २८० जना प्रभावित हुने देखिएको प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले जानकारी दिनुभयो ।

बाढीका कारण हुन सक्ने घटनालाई मध्यनजर गर्दै सुरक्षाका लागि सबै तयारी गरिएको उहाँले बताउनुभयो । “नदी किनारामा बसोबास गर्नेहरूलाई सतर्कता अपनाउन अनुरोध गरिएको छ । साथै, उद्धारका लागि सबै संरचना तयारी अवस्थामा राखिएको छ र आवश्यक खाद्यान्न, स्वास्थ्य सामाग्री, उद्धार सामाग्री तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ”, प्रमख जिल्ला अधिकारी पौडेलले भन्नुभयो ।

पौडी खेल्ने क्रममा किशोरको मृत्यु

बुढी राप्ती खोलामा पौडी खेल्ने क्रममा एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका— ९ का अन्दाजी १५ वर्षीय अनमोल लम्साल रहेका छन् ।

बुधबार ३ः०० बजेतिर साथीसँग पौडी खेल्न गएका उहाँ खोलामा बेपत्ता हुनुभएको थियो । चप्पल खोलाले बगाउँदा समाउन जाने क्रममा खोलाले बगाएका पौडेलको शव करिब २ सय मिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने