१७ माघ २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पाल्पामा स्थानीयवासीको सहयोगमा प्रहरी भवन निर्माण

२५ भाद्र २०७४, आईतवार ०५:३०

भदौ २५, पाल्पा। स्थानीयवासीको सहयोगमा पाल्पामा प्रहरीको भवन निर्माण भएको छ । ८६ व्यक्ति तथा संस्थाको आर्थिक तथा भौतिक सहयोगमा तानसेन नगरपालिकाको बर्तुङस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन बनेको हो । 

स्थानीय बासिन्दाको आर्थिक तथा भौतिक गरी रु २३ लाख २९ हजार ४८३ को सहयोगमा निर्माण भएको ट्राफिक प्रहरी प्रमुख प्रवीण आचार्यले जानकारी दिनुभयो । 

भवन निर्माणमा तानसेन नगरपालिका–१० का गोपाल पौडेलले रु एक लाख १२ हजार २२२ बराबरको जिन्सी सामान सहयोग, श्रीनगर यातायात व्यवसायी संघ पाल्पाले रु एक लाख ११ हजार १११, जिल्ला प्रहरी कार्यालयले रु एक लाख, जिल्ला समन्वय समिति पाल्पाले रु एक लाख र पाल्पाका स्थानीय तहबाट समेत आर्थिक सहयोग प्राप्त भएको हो । 

त्यसैगरी, नवलपरासीका भरत थापाले रु ५५ हजार, तानसेनका सुजन श्रेष्ठले रु ५१ हजार, बगनासकाली–३ का रिजाल हार्डवेयरले ४२ हजारलगायत ८६ व्यक्ति तथा संस्थाबाट आर्थिक तथा भौतिक सहयोगबाट प्रहरी सुविधा सम्पन्न भवन बनेको उपभोक्ता समितिका अध्यक्ष ताराप्रसाद रानाले बताउनुभयो । 

दुईतले, पाँच कोठासहितको पक्की भवन बनेपछि प्रहरीलाई कार्यसम्पादनमा सहज भएको छ । सवारी साधन दैनिक रुपमा बढ्दै गए पनि ट्राफिक प्रहरीको संख्या भने कमी रहँदा कार्यसम्पादनमा समस्या रहेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उपाधिका लागि सङ्कटा र बागमतीबीच आज फाइनल खेल हुँदै सोनाम ल्होछारले जनजीवनमा गहिरो छाप र विशिष्ट पहिचान बनाएको छ : देउवा अवैध लागूऔषधसहित स्याङ्जाबाट एक जना पक्राउ सोनाम ल्होसार पर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्छ: राष्ट्रपति पौडेल माओवादी संसदीय दलको बैठक आज बस्दै आजदेखि त्रिकोणात्मक टी–२० शृङ्खला सुरु: पहिलो खेलमा नेपाल र नेदरल्यान्डस भिड्दै आज सोनाम ल्होछार, देशभर सार्वजनिक बिदा आजको विदेशी मुद्राको विनिमय दर कति ? हेर्नुहोस यस्तो रहने छ आजको मौसम ! रास्वपाले रवि लामिछानेको सांसद पद निलम्बनको विरोध जनाउने एमालेलाई कमजोर बनाउन सबै प्रतिक्रियावादी शक्तिहरू लागि परेका छन् : वरिष्ठ उपाध्यक्ष पोखरेल साउदी अरबमा भयानक सडक दुर्घटना, ९ भारतीयको मृत्यु वर्तमान सरकारको पहिलो प्राथमकिता भनेकै जनता हो : गृहमन्त्री लेखक अध्यादेशविरुद्ध सदनमा अस्वीकारको सूचना प्रस्ताव गर्ने रास्वपाको निर्णय डिपसिकको उदयले एआई लगानीकर्तालाई एक दिनमै १४८ खर्ब बढी घाटा महिला फुटबल टिमकी पूर्वकप्तान अनु लामाले लिइन् घरेलु फुटबलबाट सन्न्यास पाथीभरा केबलकार निर्माण पक्षले स्थानीयलाई सेयर, सहुलियत र रोजगारी दिनुपर्छ: योगेश भट्टराई विदेश जाने छटपटाहट छाडेर नेपाललाई नै स्वर्ग बनाउन जुटौं: राष्ट्रपति ऊर्जामन्त्रीविरुद्ध उजुरी छलफलका लागि बोलाइएको बैठक कोरम नपुगेपछि स्थगित, गएनन् कांग्रेस सांसद वैदेशिक रोजगार ऐनमा व्यापक संशोधन गरिँदै, के-के विषयमा हुँदैछ संशोधन ?