भदौ २५, ललितपुर। प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसका पूर्व केन्द्रीय सदस्य स्व प्रतापराम लोहारप्रति श्रद्धाञ्जलि व्यक्त गर्नु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २५, ललितपुर। प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसका पूर्व केन्द्रीय सदस्य स्व प्रतापराम लोहारप्रति श्रद्धाञ्जलि व्यक्त गर्नु"/>
2026-10-23 06:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रधानमन्त्रीद्वारा लोहारप्रति श्रद्धाञ्जलि

भदौ २५, ललितपुर। प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसका पूर्व केन्द्रीय सदस्य स्व प्रतापराम लोहारप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । 

काँग्रेस केन्द्रीय कार्यालय प्रांगणमा राखिएको लोहारको पार्थिव शरीरमा आज प्रधानमन्त्री देउवाले पार्टीको झण्डा ओढाएर उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो । 

प्रधानमन्त्रीले दलित आन्दोलनका अथक योद्धा एवं समाजसेवी लोहारको निधनले आफूलाई अत्यन्त मर्माहत र दुःखी बनाएको तथा काँग्रेसको संगठन एवं समग्र दलित आन्दोलनमा अपूरणीय क्षति पुगेको विज्ञप्तिमार्फत बताउनुभएको । 

काँग्रेसको संगठन, लोकतन्त्रको सुदृढीकरण र दलित उत्थानमा उहाँले पु¥याउनुभएको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहिरहने बताउँदै शोकसन्तप्त परिवारमा पार्टी र आफ्नातर्पmबाट समवेदना प्रकट गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । 

लोहारप्रति काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता तथा उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ, नेता अर्जुननरसिंह केसी, जीवन परियारलगायतले श्रद्धाञ्जलि प्रकट गर्नुभएको थियो । लोहारको ७४ वर्षका उमेरमा यही भदौ २३ गते उपचारका क्रममा सुमेरु अस्पताल ललितपुरमा निधन भएको थियो । लोहारका एक श्रीमती, एक छोरा र चार छोरी हुनुहुन्छ । लोहारको दाहसंस्कार आजै पशुपति आर्यघाटमा गरिने कार्यक्रम छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने