२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मनोहरा खोलाको सफाइ अभियान सुरु

२५ भाद्र २०७४, आईतवार ०८:४३

भदौ २५,भक्तपुर। जथाभावी फोहोर फाल्ने र खोला अतिक्रमण गर्ने क्रम बढेपछि भक्तपुर र काठमाण्डौँको सिमाना भएर बग्ने मनोहरा खोलाको संरक्षण र सफाइ अभियान सुरु गरिएको छ । 

मनोहरा खोला सरसफाइ तथा सम्पदा बचाउ नागरिक अभियानले ५२ हप्तासम्म हरेक शनिबार बिहान ६:३० बजेदेखि ९ बजेसम्म मनोहरा खोला सरसफाइ गरी खोला संरक्षण गर्ने जनाएको हो । 

भक्तपुरको जडीबुटीस्थित मनोहरा खोला किनारामा हिजो शनिबारबाट शुरु भएको यो अभियान मनोहरा खोलाको उद्गमस्थल काठमाडाँैको साँखुस्थित शाली नदीसम्म सफाइ गरिने अभियानका संयोजक रुद्र भट्टराईले जानकारी दिनुभयो ।

काठमाडौँ जिल्लाको मणिचूड उद्गमस्थल भएको पवित्र धार्मिकस्थल शाली नदी हुँदै बग्ने मनोहरा खोलालाई मानव अतिक्रमण र प्रदूषणमुक्त बनाउन र नदी एवं खोलालाई आफ्नो प्राकृतिक स्वरुपमा बग्न दिने अन्तर्राष्ट्रिय सिद्धान्तअनुसार मनोहरा खोलाको संरक्षण र बचाउका लागि यो अभियान शुरु गरिएको हो । 

भक्तपुर, काठमाडौँ र ललितपुरको संगमस्थलबाट शुरु भएको यो अभियान शाली नदीको उद्गमस्थलमा पुगेर समापन हुनेछ । अभियान अन्तर्गत पहिलो दिन चार मेट्रिक टन फोहोर संकलन भएको थियो । 

अभियानमा वाग्मती सभ्यता एकिकृत विकास समिति, वाग्मती सरसफाइ महाअभियान, कामनपा– ३२, कागेश्वरी नगरपालिका, भक्तपुर जिल्ला समन्वय समिति, सरकारी तथा विभिन्न सामाजिक संघ संस्थाको सहयोगी भूमिका रहने छ । 

एक हजार २०३ को निःशुल्क स्वास्थ्य परीक्षण एवं औषधि वितरण 

यसैगरी नेपाल प्रहरीको ६२ औँ स्थापना दिवसका अवसरमा भक्तपुरको दरबारस्क्वायरस्थित पद्यम उमाविमा आयोजना गरिएको एक दिने वृहत स्थास्थ्य शिविरमा एक हजार २०३ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । 

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, नेपाल प्रहरी अस्पताल, पद्यम उच्च मावि तथा पद्यम कलेजको संयुक्त आयोजनामा शनिबार भएको शिविरमा बिरामीलाई निःशुल्क औषधिसमेत वितरण गरिएको कलेजका प्राचार्य राम हाडाले जानकारी दिनुभयो । 

विद्यालयमा अध्ययनरत विद्यार्थी तथा स्थानीय बासिन्दाको स्वास्थ्य परीक्षणमा प्रहरी अस्पतालका विभिन्न विभागका चिकित्सकसहित १२७ जनाको टोलीले सेवा दिएका थिए । 

स्वास्थ्य शिविरमा प्रहरी अस्पतालमा उपलब्ध हुने ओपिडि, मानसिक रोग, स्त्री रोग, अर्थोपेडिक, बालरोग, आँखा, दन्तरोगलगायतका सेवा प्रदान गरिएको प्रहरी टोलीका प्रमुख डा. दुर्गा पुनले जानकारी दिनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान