२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मनोहरा खोलाको सफाइ अभियान सुरु

२०७४, २५ भाद्र आईतवार ०८:४३

भदौ २५,भक्तपुर। जथाभावी फोहोर फाल्ने र खोला अतिक्रमण गर्ने क्रम बढेपछि भक्तपुर र काठमाण्डौँको सिमाना भएर बग्ने मनोहरा खोलाको संरक्षण र सफाइ अभियान सुरु गरिएको छ । 

मनोहरा खोला सरसफाइ तथा सम्पदा बचाउ नागरिक अभियानले ५२ हप्तासम्म हरेक शनिबार बिहान ६:३० बजेदेखि ९ बजेसम्म मनोहरा खोला सरसफाइ गरी खोला संरक्षण गर्ने जनाएको हो । 

भक्तपुरको जडीबुटीस्थित मनोहरा खोला किनारामा हिजो शनिबारबाट शुरु भएको यो अभियान मनोहरा खोलाको उद्गमस्थल काठमाडाँैको साँखुस्थित शाली नदीसम्म सफाइ गरिने अभियानका संयोजक रुद्र भट्टराईले जानकारी दिनुभयो ।

काठमाडौँ जिल्लाको मणिचूड उद्गमस्थल भएको पवित्र धार्मिकस्थल शाली नदी हुँदै बग्ने मनोहरा खोलालाई मानव अतिक्रमण र प्रदूषणमुक्त बनाउन र नदी एवं खोलालाई आफ्नो प्राकृतिक स्वरुपमा बग्न दिने अन्तर्राष्ट्रिय सिद्धान्तअनुसार मनोहरा खोलाको संरक्षण र बचाउका लागि यो अभियान शुरु गरिएको हो । 

भक्तपुर, काठमाडौँ र ललितपुरको संगमस्थलबाट शुरु भएको यो अभियान शाली नदीको उद्गमस्थलमा पुगेर समापन हुनेछ । अभियान अन्तर्गत पहिलो दिन चार मेट्रिक टन फोहोर संकलन भएको थियो । 

अभियानमा वाग्मती सभ्यता एकिकृत विकास समिति, वाग्मती सरसफाइ महाअभियान, कामनपा– ३२, कागेश्वरी नगरपालिका, भक्तपुर जिल्ला समन्वय समिति, सरकारी तथा विभिन्न सामाजिक संघ संस्थाको सहयोगी भूमिका रहने छ । 

एक हजार २०३ को निःशुल्क स्वास्थ्य परीक्षण एवं औषधि वितरण 

यसैगरी नेपाल प्रहरीको ६२ औँ स्थापना दिवसका अवसरमा भक्तपुरको दरबारस्क्वायरस्थित पद्यम उमाविमा आयोजना गरिएको एक दिने वृहत स्थास्थ्य शिविरमा एक हजार २०३ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । 

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, नेपाल प्रहरी अस्पताल, पद्यम उच्च मावि तथा पद्यम कलेजको संयुक्त आयोजनामा शनिबार भएको शिविरमा बिरामीलाई निःशुल्क औषधिसमेत वितरण गरिएको कलेजका प्राचार्य राम हाडाले जानकारी दिनुभयो । 

विद्यालयमा अध्ययनरत विद्यार्थी तथा स्थानीय बासिन्दाको स्वास्थ्य परीक्षणमा प्रहरी अस्पतालका विभिन्न विभागका चिकित्सकसहित १२७ जनाको टोलीले सेवा दिएका थिए । 

स्वास्थ्य शिविरमा प्रहरी अस्पतालमा उपलब्ध हुने ओपिडि, मानसिक रोग, स्त्री रोग, अर्थोपेडिक, बालरोग, आँखा, दन्तरोगलगायतका सेवा प्रदान गरिएको प्रहरी टोलीका प्रमुख डा. दुर्गा पुनले जानकारी दिनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा