२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पन्ध्र अर्बभन्दा बढीको सहयोग

२०७४, २५ भाद्र आईतवार १०:४८

भदौ २५, काठमाडौँ। एशियाली विकास बैंकले विद्यत् प्रसारण तथा वितरण क्षमता अभिवृद्धि परियोजना कार्यान्वयनका लागि रु १५ अर्ब ४६ करोड सहुलियत ऋण उपलब्ध गराउने भएको छ । 

साथै बैंकले उक्त रकममध्ये करिब रु २१ लाख अनुदान प्रदान गर्ने भएको छ । 

ऋण सहायतासम्बन्धी सम्झौतापत्रमा आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थसचिव शान्तराज सुवेदी र बैंकका निमित्त प्रमुख शरद भण्डारीले हस्ताक्षर गर्नुभयो । 

यसैगरी परियोजना कार्यान्वयनसम्बन्धी समझदारीपत्रमा नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र निमित्त प्रमुख भण्डारीले हस्ताक्षर गर्नुभयो । 

उक्त परियोजनाअन्तर्गत काठमाडौँ उपत्यकाको विद्युत् वितरण प्रणालीमा सुधार, प्रसारण लाइन निर्माण, बाह्रबिसे, लप्सीफेदी, खिम्ती र चापागाउँ क्षेत्रका ‘सब स्टेसन’को स्तरोन्नति गर्नाका साथै प्रसारण प्रणाली सुदृढ गरिनेछ । 

त्यसैगरी दक्षिण एशियाली उपक्षेत्रीय आर्थिक सहयोगअन्तर्गत व्यापार सहजीकरणका निम्ति भन्सार सुधार तथा आधुनिकीकरण कार्यक्रम कार्यान्वयन गर्न बैंकले रु दुई अर्ब १३ करोड ऋण सहायता उपलब्ध गराउने भएको छ । 

ऋण सहायतासम्बन्धी सम्झौतापत्रमा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख बैकुण्ठ अर्याल र निमित्त प्रमुख भण्डारीले हस्ताक्षर गर्नुभयो । 

उक्त रकम आगामी पाँच वर्षभित्रमा उपयोग गरिसकिने अर्थ मन्त्रालयले जनाएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो