३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पन्ध्र अर्बभन्दा बढीको सहयोग

२५ भाद्र २०७४, आईतवार १०:४८

भदौ २५, काठमाडौँ। एशियाली विकास बैंकले विद्यत् प्रसारण तथा वितरण क्षमता अभिवृद्धि परियोजना कार्यान्वयनका लागि रु १५ अर्ब ४६ करोड सहुलियत ऋण उपलब्ध गराउने भएको छ । 

साथै बैंकले उक्त रकममध्ये करिब रु २१ लाख अनुदान प्रदान गर्ने भएको छ । 

ऋण सहायतासम्बन्धी सम्झौतापत्रमा आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थसचिव शान्तराज सुवेदी र बैंकका निमित्त प्रमुख शरद भण्डारीले हस्ताक्षर गर्नुभयो । 

यसैगरी परियोजना कार्यान्वयनसम्बन्धी समझदारीपत्रमा नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र निमित्त प्रमुख भण्डारीले हस्ताक्षर गर्नुभयो । 

उक्त परियोजनाअन्तर्गत काठमाडौँ उपत्यकाको विद्युत् वितरण प्रणालीमा सुधार, प्रसारण लाइन निर्माण, बाह्रबिसे, लप्सीफेदी, खिम्ती र चापागाउँ क्षेत्रका ‘सब स्टेसन’को स्तरोन्नति गर्नाका साथै प्रसारण प्रणाली सुदृढ गरिनेछ । 

त्यसैगरी दक्षिण एशियाली उपक्षेत्रीय आर्थिक सहयोगअन्तर्गत व्यापार सहजीकरणका निम्ति भन्सार सुधार तथा आधुनिकीकरण कार्यक्रम कार्यान्वयन गर्न बैंकले रु दुई अर्ब १३ करोड ऋण सहायता उपलब्ध गराउने भएको छ । 

ऋण सहायतासम्बन्धी सम्झौतापत्रमा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख बैकुण्ठ अर्याल र निमित्त प्रमुख भण्डारीले हस्ताक्षर गर्नुभयो । 

उक्त रकम आगामी पाँच वर्षभित्रमा उपयोग गरिसकिने अर्थ मन्त्रालयले जनाएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ