१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

चश्मा लगाउनेको संख्यामा वृद्धि

२५ भाद्र २०७४, आईतवार ११:१०

भदौ २५,भक्तपुर। पछिल्लो समयमा भक्तपुरमा चश्मा लगाउनेको संख्या बढेको छ । 

अहिलेका बालबालिकाले धेरै समय कम्प्युटर र मोबाइल चलाउने भएका कारण चश्मा लगाउनेको संख्या बढेको जिल्ला सामुदायिक आँखा केन्द्र भक्तपुरका प्रमुख धिरज अधिकारीको भनाइ छ । धुलो धुवाँमा हिँड्ने, लामो समयसम्म टेलिभिजन हेर्ने लगायतका कारण पनि धेरैको आँखामा समस्या देखापरेको छ । 

पन्ध्रदेखि ६० वर्ष उमेर समूहमा विभिन्न खालका रोग देखिने गरेको केन्द्रका प्रमुख अधिकारी बताउनुहुन्छ । आँखाका बारेमा विद्यालयका शिक्षक, महिला स्वास्थ्य स्वयंसेविकासहित विभिन्न सरोकारवालामार्फत चेतना फैलाउने कार्य भइआए पनि वातावरणीय प्रभावका कारण पनि आँखाको समस्या बढेको विज्ञहरु बताउँछन् । 

विगतमा फाट्टफुट्ट रुपमा देखिने आँखाका समस्या लिएर अहिले दिनमा ६० देखि ७० जना दैनिकजसो केन्द्रमा आउने गरेका छन् । 

धुलो धुवाँमा हिँडेर घर फर्केपछि आँखालाई पानीमा डुबाएर धुने, प्रशस्त पानी पिउने, जथाभावी औषधिको प्रयोग नगर्ने, कीरा आउने बत्तीको नजिक नबस्ने जस्ता कुरामा ध्यान दिनसके आँखाका रोगबाट बच्न सकिने अधिकारीको भनाइ छ । यही भदौ २७ र २८ गते बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म भक्तपुर ब्रम्हायणी पिठमा निःशुल्क आँखा शिविर आयोजना गर्न लागिएको पनि उहाँले बताउनुभयो । 

अधिकारीकाअनुसार सो शिविरमा भेटिएका मोतियाबिन्दुका बिरामीलाई त्यही नै निःशुल्क शल्यक्रिया गरिने गरिने छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह