२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

असोजको पहिलो सातामा च्याङ्ग्रा राजधानी भित्रिसक्ने

२०७४, २५ भाद्र आईतवार ११:३७

भदौ २५, काठमाडौँ। नेपाल खाद्य संस्थानले दशैँलाई लक्षित गरी यसपाला मुस्ताङबाट च्याङ्ग्रा खरिद गर्ने भएको छ । केरुङबाट आयात गर्दा ढुवानी लागत बढ्ने भएकाले मुस्ताङबाट खरिद गर्न लागेको हो । 

संस्थानले गत तीन वर्षदेखि लगातार च्याङ्ग्रा खरिद गर्दै आएको छ । यसपाला असोज ५ देखि ६ गतेसम्म च्याङ्ग्रा राजधानी भित्रिसक्ने संस्थानका प्रवक्ता शङ्कर सापकोटाले बताउनुभयो । च्याङ्ग्रा खरिदका लागि सो संस्थानले मुस्ताङको सदरमुकाम जोमसोममा खरिद केन्द्र स्थापना गरेको छ । 

उक्त संस्थानको पोखरास्थित अञ्चल कार्यालयका प्रमुख अम्बिकाप्रसाद घिमिरेको नेतृत्वमा भोलि असोज २६ गते कर्मचारी मुस्ताङतर्फ प्रस्थान गर्ने र २९ गते पुग्ने जनाइएको छ । संस्थानले किसान वा व्यवसायीसँग च्याङ्ग्रा खरिद गरी हिँडाएर म्याग्दीको सदरमुकाम बेनीसम्म ल्याउँछ । बेनीबाट उक्त च्याङ्ग्रा ट्रकमा राखी असोज ५ देखि ६ गतेभित्र राजधानी ल्याइसक्ने तयारी गरिएको छ । 

गत वर्ष संस्थानले एक हजार ४०० च्याङ्ग्रा र एक हजार ४०० खसी–बोका गरी कूल दुई हजार ८०० च्याङ्ग्रा तथा खसी–बोका खरिद गरेकामा यसपाला भने एक हजार च्याङ्ग्रा र एक हजार ५०० खसी–बोका खरिद गर्ने भएको छ । गत वर्ष बिक्री गर्न कठिन भएकाले यस वर्ष च्याङ्ग्रा खरिद कम गर्न लागिएको हो । संस्थानले यस वर्ष दाङको तुल्सीपुरबाट ५००, मकवानपुरबाट एक हजार खसी–बोका खरिद गर्ने भएको छ । 

संस्थानको प्राथमिक खरिद समितिले तोकिदिएको आधारमा च्याङ्ग्रा खरिद गरिन्छ । समितिको अध्यक्ष सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा तीन सदस्य समिति गठन हुने व्यवस्था छ । समितिमा सोही जिल्लाको पशुसेवा कार्यालयका प्रमुख र स्थानीय खाद्य संस्थानका कर्मचारी एकजना हुन्छन् । 

गत वर्ष समितिले मुस्ताङमा जिउँदो प्रतिकेजि च्याङ्ग्राको मूल्य रु ४८५ तोकेको थियो । तोकिएको मूल्यमा प्रतिकेजि रु १६५ ढुवानी तथा नाफा जोडी प्रति केजि रु ६५० मा बिक्री गरेको थियो । 

खाद्य संस्थानले खसी–बोका बिक्री गर्दा बजार मूल्य अस्वाभाविक बढेको देखिँदैन । दशँैमा झण्डै राजधानीमा ५० हजारभन्दा बढी खसी–बोका बिक्री हुने अनुमान छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै