प्रकाश धौलाकोटी/ माघ ११, तेह्रथुम ।  जिल्ला निर्वाचन कार्यालय तेह्रथुमले जिल्लाका विभिन्न स्थानमा घुम्ती शिविर राखी फोटो सहितको मतदाता नामावली तथा अद्यावधिक विवरण संकलन गर्ने भएको छ ।

मतदाता नामावलीमा नाम दर्ता गरा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश धौलाकोटी/ माघ ११, तेह्रथुम ।  जिल्ला निर्वाचन कार्यालय तेह्रथुमले जिल्लाका विभिन्न स्थानमा घुम्ती शिविर राखी फोटो सहितको मतदाता नामावली तथा अद्यावधिक विवरण संकलन गर्ने भएको छ ।

मतदाता नामावलीमा नाम दर्ता गरा"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

मतदाता नामावली तथा अद्यावधिक विवरण संकलन हुने

१० माघ २०७२, आईतवार १६:१५

प्रकाश धौलाकोटी/ माघ ११, तेह्रथुम ।  जिल्ला निर्वाचन कार्यालय तेह्रथुमले जिल्लाका विभिन्न स्थानमा घुम्ती शिविर राखी फोटो सहितको मतदाता नामावली तथा अद्यावधिक विवरण संकलन गर्ने भएको छ ।


मतदाता नामावलीमा नाम दर्ता गराउन छुटेका नागरिकता प्राप्त जिल्लाका नागरिकहरुको नामावली संकलनकालागि विभिन्न गाउँ विकास समितिहरुलाई केन्द्र बनाई नामावली संकलन गर्न लागिएको जिल्ला निर्वाचन अधिकारी नइन्द्रप्रसाद दाहालले बताउनुभयो । जिल्ला निर्वाचन कार्यालयले यसवर्ष गाउँमै पुगेर मतदाता नामावली संकलनकालागि विभिन्न १२ वटा दर्ता स्थलहरु तोकेको छ ।



तर मिति भने टुंगो लागिनसकेको जिल्ला निर्वाचन अधिकारी दाहालले बताउनुभयो । उहाँकाअनुसार जिल्लाका हमरजुङ, ओख्रे, बसन्तपुर, सुङनाम, सोल्मा, मोराहाङ, ओयाक्जुङ, जलजले, सिम्ले, चुहानडाँडा, छातेढुंगा र ईवा गाविसमा दर्ता स्थल निर्धारण भएको छ ।



यसअघि दर्ता भएका नामावली र गाविसमा १५ वर्ष भन्दा माथिको उमेर समुहको जनसंख्या तुलना गरी दर्ता हुन बाँकी रहेको संख्याका आधारमा दर्ता स्थलहरु तोकिएका हुन् । दर्तास्थलमा नामावली संकलनकालागि सहयोग गर्न भन्दै कार्यालयले जिल्लास्थित राजनीतिक दलहरुलाई समेत पत्राचार गरी जानकारी गराईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने