2026-09-13 07:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आयातले पेल्दा पनि १३ वस्तुले उठाए नेपाली निर्यातको स्तर

काठमाडौँ |  आयात र कमजोर निर्यातका बीच पनि नेपालले १३ वटा वस्तुको वैदेशिक व्यापारमा नाफा गरेको छ। आर्थिक वर्ष २०८१/८२ मा नेपालको व्यापारघाटा १५ खर्ब २७ अर्बमा पुग्दा केही वस्तुहरुको निर्यात भने सुधारिएको हो।

यो वर्ष कफी, चिया र चियामसला, वनस्पतिबाट निर्मित वस्तुहरु, छालाजन्य कच्चापदार्थ, कोइला, कार्पेटलगायतका वस्तुहरुको व्यापारमा नेपालले नाफा गरेको तथ्यांकले देखाएको छ।

 

यी वस्तुहरु व्यापारमा अघिल्लो वर्षभन्दा सुधार देखिएको छ। भन्सार विभागका अनुसार यो वर्ष नेपालले १२ अर्ब २५ करोड रुपैयाँबराबरको कार्पेट तथा गलैँचा निर्यात गर्दा ५७ करोड ७८ लाखबराबरको मात्र आयात गरेको छ। यो वर्ष उक्त वस्तु व्यापारमा नेपाल ११ अर्ब ६७ करोड रुपैयाँले नाफामा छ। यस्तै तरकारी तथा फलफूलजन्य वस्तुहरुमा पनि नेपालको नाफा अघिल्लो वर्षभन्दा बढेको छ।

आर्थिक वर्ष २०८१/०८२ मा कुल ७ अर्ब ७४ करोड रुपैयाँ निर्यात हुँदा २ अर्ब ३८ करोडको आयात भएको हो। यो वर्ष तरकारी तथा फलफुलको व्यापारमा नेपाल ५ अर्ब ३५ करोड रुपैयाँले नाफामा छ भने कोइलाको व्यापारमा पनि नेपाल ४ अर्बले नाफामा छ।

योबाहेकका वस्तुहरुमध्ये कफी, चिया र चियामसला, वनस्पतिद्वारा निर्मित वस्तु, फेल्टको व्यापारमा नेपाल ३ खर्बभन्दा धेरैले नाफामा देखिन्छ।

यो वर्ष नेपालले विभिन्न मुलुकमा १३ अर्बबराबरको कफी, चिया र मसला निर्यात हुँदा ४ अर्बको वनस्पतिजन्य वस्तुहरु, ५ अर्बको फेल्टबाट बनेका वस्तुहरुको निर्यात गरेको छ।

यस्तै वाद्यवादन तथा त्यसका सामग्रीको व्यापारमा नेपाललाई ६८ करोड नाफा देखिँदा सिसाजन्य वस्तुहरुको व्यापारमा ८५ करोड, फेल्टबाट निर्मित लत्ताकपडाको व्यापारमा १७ करोड नाफा भएको छ।

यीबाहेक गत आर्थिक वर्षमा मासु र मासुजन्य वस्तुहरुमा ११ करोड, पुरातात्विक कला तथा कलात्मक वस्तुहरुको व्यापारमा २६ करोड रुपैयाँ नाफा भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले