१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

ऋषि—लिलास्मृति पत्रकारिता पुरस्कार चट्याङ मास्टरलाई

२८ भाद्र २०७४, बुधबार ०६:३१

भदौ २८, पोखरा। पोखरा वृद्धाश्रमद्वारा सञ्चालित ऋषि—लिला स्मृति पत्रकारिता पुरस्कार पत्रकार एवं साहित्यकार कृष्णमुरारी गौतम (चट्याङ मास्टर) लाई प्रदान गरिएको छ । 

पत्रकारिताको माध्यमबाट समाजका ज्येष्ठ नागरिकको हकअधिकार संरक्षणमा सहयोग पु¥याएबापत प्रदान गरिएको सो पुरस्कारको राशि रु २० हजार एक नगदसहित दोसल्ला र सम्मानपत्र रहेको छ । 

पोखरा वृद्धाश्रममा मंगलबार आयोजित एक समारोहका बीच संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीले पत्रकार गौतमलाई दोसल्ला ओढाएर सम्मान गर्दै समाजका ज्येष्ठ नागरिकको हकअधिकार संरक्षणसहितको संवैधानिक व्यवस्था गर्ने तयारी भइरहेको बताउनुभयो । 

पैतृक सम्पत्तिले नभई ज्ञान, सीप, योग्यता र क्षमताले धनी बन्नुपर्ने बताउँदै उहाँले भन्नुभयो “आमाबुबाले छोराछोरीलाई मात्र नभई सेवा गर्नेलाई आफ्नो सम्पत्ति दिन पाउने विधेयक प्रमाणीकरण हुनमात्र बाँकी रहेको छ ।” 

पुरस्कृत व्यक्तित्व कृष्णमुरारी गौतमले राज्यले समाजका ज्येष्ठ नागरिकको योग्यता क्षमतालाई मुलुकको विकासमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । 

पोखरा वृद्धाश्रमका संस्थापक स्व ऋषिकेशव पराजुलीको स्मृतिमा प्रकाशित ‘आश्रय’ मुखपत्रको पनि लोकार्पण गरिएको सो समारोहमा वृद्धाश्रमका संस्थापक सदस्यलाई समेत सम्मान गरिएको थियो । 

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालयका निमित्त प्रमुख नितु गर्तौलाले समाजका गरिव विपन्न ज्येष्ठ नागरिकको संरक्षणमा वृद्धाश्रमले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । 

वृद्धाश्रमका अध्यक्ष टीकाबहादुर भण्डरीको अध्यक्षतामा भएको कार्यक्रममा आश्रमका संरक्षक वसन्तकेशव पराजुली, पोखरा–१७ का वडाध्यक्ष तीर्थराज अधिकारी, स्वतन्त्र पत्रकार संघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोला, नेकपा (माओवादी केन्द्र) पोखरा लेखनाथ महानगर कमिटीका उपाध्यक्ष गोमा ढकाल, नौलोघुम्तीका अध्यक्ष खड्गबहादुर रानाभाट, समाजसेवी नारायण अधिकारीलगायतले सन्तानका लागि सम्पत्ति प्यारो र बाबुआमा हेला हुने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह