2026-07-25 04:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादीले टुङ्गो लगायो प्रदेश तथा संघका उम्मेदवार

नन्द बहादुर रोकाया/भदौ २८, मुगु । नेकपा माओवादी केन्द्रले आगामी मंसिर १० गते हुन गैरहेको प्रदेश तथा संघको निर्वाचनका लागी मुगु जिल्लाबाट उम्मेदवारहरु टुङ्गगो लगाएको छ । 

नेकपा माओवादी केन्द्र जिल्ला कमिटी मुगुको गत २५ गतेबाट जिल्ला सदरमुकाम गमगढीमा बसेको बैठकले प्रदेश तथा संघका उम्मेदवारहरुको टुङ्गगो लगाएको हो । उम्मेदवार टुङ्गगो लगाउन माओबादी केन्द्रले पुर्व गृहमन्त्री शक्ति बहादुर बस्नेतलाई मुगु जिल्लामा पठाएको थियो । ३ दिनसम्मको छलफलमा पाटीमा गरेको योगदान,जनप्रियता र चुनाव जित्न सक्ने उम्मेदवारहरुको एकिन गरि टुङ्गगो  लगाईएको बताईएको छ । 

नेकपा माओवादी केन्द्रका अनुसार प्रत्यक्ष तर्फ संघमा मंगल बहादुर शाही लाई उम्मेदवार बनाएको छ भने प्रदेशमा क्षेत्र नं १ मा केबल बहादुर मल्ल र क्षेत्र नं २ बाट राजु कार्कीलाई उम्मेदवार बनाएको र समानुपातिक तर्फ संघमा अज बहादुर शाही र प्रदेशमा लालचन्द्र विक र बाँचु धामीलाई सर्वसम्मत रुपमा उम्मेदवार बनाएको हो । उम्मेदवारहरुको टुङ्गगो लागीसकेकाले अब गाँउलबस्ति तिर लाग्ने नेकपा माओवादी केन्द्रले जनाएको छ ।

जिल्लामा मुख्य प्रतिस्प्रधामा रहेका काँगे्रस,एमाले र माओवादी मध्ये माओवादीले सबै भन्दा पहिला आफना उम्मेदवारहरुको टुन्गो लगाएको छ भने एमालेले छलफल चलाई रहेको छ । एमाले सो्रतका अनुसार ३,४ दिन भित्रमा उम्मेदवारहरुको टुन्गो लागी सक्नेछ । उता काँगे्रसले उम्मेदवार छनौटको शुरुसार अझै शुरु गरेको छैन । काँगे्रस मुगुका सभापती खड्क बहादुर शाही अन्य पाटीका उम्मेदवारको एकिन भएपछि बल्ल आफुहरुले उम्मेदवार टुन्गो लगाउने बताएका छन । 

काँगे्रसले प्रारम्भिक छलफलका लागी गाँउ कार्य समिती सभापती,स्थानिय तहमा निर्वाचित प्रतिनिधी र पराजित उम्मेदवार,भातृ तथा शुभेच्छुक संघ संगठनका प्रमुखहरुलाई आगामी आश्विन ४ गते सदरमुकाममा बोलाएको र त्यस पछी उम्मेदारको टुङ्गगो  लगाउने सभापती शाहीको भनाई छ । 

स्थानिय तहको निर्वाचन पछि विस्तारै सेलाउदै गएको मुगुको राजनिती वातावरण पुन संघ र प्रदेशको निर्वाचनका लागी तातिन शुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध र सशक्त बनाउनुपर्छ : पुष्पकमल दाहाल भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली