२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सिन्धुपाल्चोकमा राष्ट्रियस्तरको भूकम्प अनुसन्धान केन्द्र बन्ने

२०७४, २८ भाद्र बुधबार ०८:५३

राम केसी। भदौ २८,सिन्धुपाल्चोक। राष्ट्रियस्तरमा भूकम्पसम्बन्धी अध्ययन तथा अनुसन्धान गर्ने केन्द्रका रुपमा विकास गरिने लक्ष्यका साथ सिन्धुपाल्चोकमा भूकम्पस्मृति उद्यान निर्माण शुरु भएको छ । 

विसं २०७२ वैशाख १२ गतेको भूकम्पमा देशमा भएको क्षतिको ४० प्रतिशत मानवीय र ९५ प्रतिशत भौतिक क्षति बेहोरेको सिन्धुपाल्चोकमा मुलुकका अति प्रभावित १४ जिल्लाकै प्रतिनिधित्व हुने गरी १४ खम्बा राखी उद्यान निर्माण गर्न लागिएको हो । 

‘ए नट’ आर्किटेक डिजाइन एशोसियसनले रु ३५ लाखमा तयार गरेको विस्तृत अध्ययन प्रतिवेदन सहरी विकास तथा भवन डिभिजन कार्यालय सिन्धुपाल्चोकले मंगलबार चौतारामा सार्वजनिक गरेको थियो । सदरमुकाम चौताराबाट करिब तीन किमी उत्तर पश्चिमको दाह्रे गौँडा डाँडामा निर्माण गरिने उक्त उद्यान वरिपरि बार लगाउने काम भइरहेको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको रु तीन करोड २५ लाखमा सडक, बत्तीलगायत काम अगाडि बढाइएको छ । 

चौतारा साँगाचोकगढी नगरपालिका– ५ र ६ मा पर्ने भगवती सामुदायिक वन क्षेत्रको ८२ रोपनी १२ आना जग्गामा उद्यान निर्माण गरिने छ । उद्यानमा भूकम्पबाट क्षति भएको कल्पनामा एउटा विशाल प्रतिमा हुनेछ र त्यसमाथि कमलको फूल हुनेछ । उद्यानमा निर्माण हुने एउटा कक्षमा प्रवेश गर्दा भूकम्पको अनुभव हुने कोठासमेत रहने छ । 

भूकम्पसम्बन्धी अनुसन्धान गर्न सकिने बैठक कक्ष, पुस्तकालय, सूचना केन्द्र, विगतदेखि हालसम्म गएको भूकम्पको जानकारी लिन सकिने संग्रहालय र दुईतले दृश्यावलोकनस्तम्भ निर्माण गरिने छ । उद्यानभित्र मृतकको नामांकित शिलास्तम्भ र पार्किङलगायत व्यवस्था गरिने शहरी विकास तथा भवन डिभिजन कार्यालय जिल्ला समन्वय समितिका प्रमुख डा युवराज पौडेलले जानकारी दिनुभयो । सो उद्यान निर्माणमा झण्डै रु एक अर्ब बजेट लाग्ने छ । आगामी मंसिरसम्म डिपिआर तयार हुने बताइएको छ । 

उद्यान निर्माण गरिने क्षेत्र स्थानीय भगवती सामुदायिक वन क्षेत्रभित्र पर्ने हुँदा जिल्ला वन कार्यालयसँग समन्वय गरी सोहीबमोजिम निर्माण गरिनुपर्ने जिल्ला वन अधिकृत शिवप्रसाद सापकोटाले सुझाव दिनुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ र चौतारा साँगाचोकगढीका प्रमुख अमानसिंहतामाङले संग्रहालयमा देशभरिको इतिहास झल्कने सामग्री समावेश हुनुपर्ने सुझाव दिनुभयो । 

‘गोरखा भूकम्प’ तथा त्यसपछिको परकम्पबाट जिल्लामा तीन हजार ५७२ जनाको मृत्यु भएको तथा आठ जना बेपत्ता र एक हजार ५६९ जना घाइते भएका थिए । त्यस्तै ९५ प्रतिशत भौतिक क्षति भएको थियो । देशभरमा भूकम्पबाट कम्तीमा नौ हजारको मृत्यु भएको थियो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने