2026-09-03 06:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डुबेर मरेको ३ बर्ष पछी फेरी जन्मिए दिलिप ! यसरी खुल्यो रहश्य

एजेन्सीको सहयोगमा | घटना छिमेकी मुलुक भारतको हो । उत्तर प्रदेशको लखीमपुर स्थित मक्कागन्ज गाउँमा एउटा अचम्मको घटना घटेको छ जुन घटनाले अचम्मित नबन्ने मानिस सायदै कम होलान् । त्यहाँ १५ अगस्ट २०१५ मा जन्मिएको एक ३ बर्षको बालकले आफ्नो पुनर्जन्मको कहानी सुनाउन थाल्यो (बालकको नाम जितन हो)। 

उसको कुरा सुनेर उसको परिवार तथा गाउँका मानिसहरु निकै अचम्मित भएका छन् । उक्त बच्चा १५ अगस्ट २०१७ मा जब २ बर्ष पुरा भएर ३ लाग्यो तब उसले बोल्न सुरु गरेको थियो । तब बिस्तारै उसले आफ्नै घरलाई आफ्नो नभनी भोलापुरको नाम लिन थाल्यो । कुरा त्यति मात्र भएन उसलाई जन्म दिने आमा बुबालाई समेत उसले आमा बुबा भनेन । त्यसो त रक्षाबन्धनको दिन उसले आफ्नै बहिनीलाई समेत ‘राखी’ बाध्न दिएन, उसले भने ‘मेरो बहिनी भोलापुरमा छ ।’  

भर्खरै बोल्न थालेको बच्चाले आफ्नो घरलाई घर नभनेर अहिलेसम्म उसले नदेखेको ठाउँलाई आफ्नो घर भएको बताएपछी उसको परिवार अचम्मित भयो । उसले जहिलेपनि आफ्नो घर भोलापुर भएको बताएपछी त्यसको सत्यता बुझ्न उसको आमा-बुबाले उसले बताए बमोजिमको ठाउँमा लगिदिए । जुन पत्याउनै पर्ने सत्यता बन्यो किनकी उसले बताए अनुसार भोलापुरमा एक बिदेशीको छोरा ३० बर्षको उमेरमा मृत्यु भएको र उसकै पुनर्जन्म भएको भन्ने कुरा पत्याउनुपर्ने आधार बन्यो । भोलापुर पुगेका ति तीन बर्षीय बालकले पूर्व जन्मको कुरा मात्र भनेनन् त्यस गाउँका सबै मान्छेलाई पहिचान समेत गरिदियो । 

भोलापुरको एक विदेशीको घरमा पुग्नासाथ उसले कराएर भन्यो- ”यही मेरो बुबा हो ।” उसले विदेशीको श्रीमतीलाई समेत आफ्नो आमा भन्दै अंगाल्न पुग्यो । तीन बर्षको बच्चा आफ्नै आमा-बुबालाई आफ्नो नमानी अर्कैलाई आमाबुबा मानेर झुम्मिएपछी दुवै परिवार मात्र नभई घाटनालाई नजिकबाट हेर्ने गाउँलेहरु समेत चकित भए । त्यसमा पनि चिन्दै नचिनेको गाउँको मान्छेहरुको बारेमा उसले सोध-खोज गर्न थाल्यो । वास्तविकता बुझ्न बिदेशीको श्रीमतीले उसलाई (माइती) मामाघर लिएर गइन् । त्यहाँपनि बालकले हजुरआमा, मामा र सबै परिवारलाई सजिलै चिन्यो र उनीहरुको नामनै बताईदियो ।

भोलापुर पुगेको उक्त बच्चालाई त्यहाँबाट फर्काउन उसको वास्तविक बुबा-आमाले कोशिस गरे तर बच्चा भने फर्किन मानेन । जितन नाम राखिएको बालक आफ्नो नाम दिलिप भएको बताउँछन् । 

पुनर्जन्मको रहश्य यस्तो 

भोलापुर जहाँ उक्त बच्चाले आफ्नो घर बताउँछ, त्यस गाउँका विदेशीले बताए अनुसार उसको छोरा दिलीप ठेकेदारीमा काम गर्न ब्यांग्लोर गएको थियो । तर १७ मे २०१२ को दिन समुन्द्रमा नुहाउने क्रममा उसको डुबेर मृत्यु भएको थियो । त्यतिबेला बिदेशीको छोराको उमेर ३० बर्षको थियो । घरबाट धेरै टाढा मृत्यु भएकाले उसको शव घर नल्याई उतै अन्तिम संस्कार गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही