तारादेवी सुनुवार

आजको बालबालिका नै मुलुककाुे भोलीको भवियका नीति निर्माता हुन्छन बालबालिका राष्ट्रका कर्णधार हुन भन्ने कुरा सबैलाइ जानकारी भएको विषय हो तथापि  बालबा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  तारादेवी सुनुवार

आजको बालबालिका नै मुलुककाुे भोलीको भवियका नीति निर्माता हुन्छन बालबालिका राष्ट्रका कर्णधार हुन भन्ने कुरा सबैलाइ जानकारी भएको विषय हो तथापि  बालबा"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नेपालमा बालबालिका संग सम्बन्धित कानूनहरु

२९ भाद्र २०७४, बिहीबार ०३:२१

 तारादेवी सुनुवार

आजको बालबालिका नै मुलुककाुे भोलीको भवियका नीति निर्माता हुन्छन बालबालिका राष्ट्रका कर्णधार हुन भन्ने कुरा सबैलाइ जानकारी भएको विषय हो तथापि  बालबालिकालाई हेने दृष्टिीकोण र उनीहरुको लागि गरिन क्रियकलपामा हाम्रो भूमिका को बारेमा सबै जना सचेत नभएको ले बालबालिकाको मुद्धालाई अझै मुलधारमा ल्याउन नसिकिएको कुरा प्रष्ट छ । बालबालिका भन्ने वितिकै हामीले साना साना नानी बाबुहरु भनेर बुझेका हुन्छौ । 

को हो बालबालिका ?

 कानूनले बालबालिका भनेको के हो ? भनेर यसी परिभाषित गरेको छ । बालबालिका भन्नाले बालबालिका सम्बन्धी कानूनले पहिले नै नाबालक हुन्छ भनि तोकेकोमा वाहेक १८ वर्ष भन्दा कम उमेरका प्रत्येक मानव जाति सम्झनु पर्छ ।                           बाल अधिकार महासन्धि( १९८९ )

बालक भन्नाले १६ वर्ष उमेर पुरा नगरेको बालबालिका सम्झनु पर्छ । बालबालिका सम्बन्धी ऐन,२०४८, बाल श्रम निषेध र नियमित गर्ने ऐन, २०५६ 

नाबालिग भन्नाले १६ वर्षको उमेर पुगेको तर १८ वर्षको उमेर पुरा नगरेको ब्यक्ति सम्झनु पर्छ  र बालिग भन्नाले १८ वर्ष उमेर पुगेको ब्यक्ति सम्झनु पर्छ । श्रम ऐन, २०४८

संयूक्त राष्ट्र संघीय बाल अधिकार सम्बन्धी महासन्धि १९९८ लाई सेप्टेम्बर १४ १९९० मा अनुमोदन गरिरेर नेपालले बालबालिाको विकास ,बाल अधिकारको संरक्षण र बालसहभागिता जस्ता विषयमा आफनो अन्तर्राट्रिय प्रतिवद्धता प्रकट गरेको छ । इतिहासलाई हेर्दा हाम्रो देशमा बालबालिका सम्बन्धि विभिन्न कानून निति हरु बनेकाछन ।  विषेश गरी बालबालिक साम्बन्धि कानूनहरु तीन प्रकारका रहेका छन (१) बालबालिकाको मौलीक अधिकारसंग प्रत्यक्षरुपले सम्बन्धित संवैधानिक कानुनहरु जस्तै नेपालको संविधान २०७२को धारा ३९ले गरेको बालबालिका हक समम्बन्धि हक(२) बालबालिकाको अधिकारसंग प्रत्यक्षरुपले सम्बन्धित विधायिकी कानूनहरु जस्तै ः नेपालको बालबालिका सम्बन्धि ऐन २०४८ (३)बालबालिका समेतलाई असर पार्ने बालबालिका संग सम्बन्धित संवैधानिक र विधायिकी कानुनहरु जस्तैः नेपलाको संविधान २०७२ को धारा १६ मा भएको व्यबस्था । नेपालमा विभिन्न संविधानमा बालबालिकाहरु सम्बन्धी थुप्रै प्रयास हरु भएका छन । १ नेपाल सरकार वैधानिक कानुन २००४ ले प्रत्यक्ष बालबालिकाको लागि सम्बोधन नगरे पनि शिक्षासंग सम्बन्धित अधिकारहरु प्रदान गरेको थियो । २ नेपालको अन्तरिम शासन विधान २००७ ले उदघोष गरेका व्यवस्थाहरु बालअधिकारको संरक्षणका क्षेत्रमा थिए । धारा ५ खण्ड (ङ) “मजदुर ,स्त्री पुरुषको स्वास्थय र बाल तथा केटाकेटीहरुको कलिलो उमेरको दुरुपयोग हुन नदिने र नागरिहरुलाई आर्थिक परिपस्थितिले निजहरुको उमेर वा बलाकलाई नसुहाउने रोजगार गर्न बाध्य गर्न नदिने ”। ३ नेपल अधिराज्यको संविधान २०१५ । नेपालको संवैधानिक ईतिहासमा सबै भन्दा रुखो संविधान नेपाल अधिराज्यको संविधान २०१५ नै थियो ।  यसमा बालबालिकाको सम्बन्धमा बेग्लै केहि उल्लेख गरेको पाइदैन 

।४ नेपालको संविधान २०१९ । यस संविधानमा धारा १७(२)(च)ले बालक वा स्वास्नी मानिसको हितको संरक्षण गर्नको लागि मौलिक हकमा समेत बन्देज लगाउन सक्ने गरी राज्यले कानुन बनाउन सक्ने व्यवस्था गरेको थियो । (४) नेपाल अधिराज्यको संविधान २०४७ । यो संविधानले बालबालिकाको केहि व्यस्था गरेको थियो धारा ८ र ९ धारा ११ मा बालबालिकाको नागरिक्ता र नाबालकको हितको रक्र्षाथ सकरात्मक विभेद गर्न सकिने व्यववस्था गरेको थियो । (६) नेपालको अन्तरिम संधिान २०६३ यो संविधानले बालबालिकाको लागि थुप्रै व्वस्थाहरु गरेको छ । धारा १३ (३)  धारा १६ धारा १७ धारा २० धारा २९ र बालबालिकाको हक सम्बन्धि धारा २२ छुटै व्यवस्था गरेको थियो ।(७) नेपालको संविधान २०७२ । यो संविधानले पनि बालबालिकाको हकलाई अरु हक संग जोडिएता पनि मौलिक हकको अन्र्तगत धारा ३९ छुटै व्यवस्था गरेको छ । प्रत्येक बालबालिकालाई आफ्नो पहिचान सहितको नामाकरण, उचित स्याहार सुसार, खेलकुद, मनोरञ्जन तथा संर्वागिण विकासको हक । प्रारम्भिक बालविकास ,जोखिम पूर्णकाममा लगाउन नपाईने , बाल विवाह, बालबालिकालाई गैर कानूनी ओसार पसार गर्न नपाईने , प्रत्येक बालबालिकालाई बाल अनुकुल न्यायको हक । असाहय, अनाथ,अपांगता भएका द्धण्द्धपीडित,विस्थापित एवं जोखिममा रहेका बालबालिकाहरुलाई राज्यकोष बाट विशेष संरक्षण र सुविधा पाउने हक जस्ता थुप्रै बालबालिका को हक सम्बन्धि देशको मूल कानुनमा नै व्यवस्था भएको छ । 

नेपालमा बालबालिकाको हक हितको संरक्षणको निमित बालबालिका सम्बन्धी ऐन, २०४८ र बालबालिका सम्बन्धी नियमावली २०५१ बाल श्रम ( निषेध र नियमित गर्ने ) ऐन,२०५६ तथा बाल श्रम न्यायको क्षेत्रमा छुटै बाल न्याय ( कार्यविधि) नियमावली २०६३ ,नेपाल सरकारले ७ वटा उद्धेश्य राखेर बालबालिका सम्बन्धी राष्ट्रिय नीति २०६९ समेत पारित भई कार्यान्वयन मा छन  । राष्ट्रिय नितिहरु र अन्तराष्ट्रिय क्षेत्रमा गरेको प्रतिबद्धता अनुकूलका सम्पूर्ण प्रावधानहरु अनूरुप कार्य भइरेको भए ता पनि बालबालिका सम्बन्धी प्रष्ट नीति विना बनेका ती ऐन र नियमावलीको कार्यान्वय सन्तोषजनक हुन सकेको छैन । बालबालिको अवस्था अझै पनि राज्यले अपेक्षा गरे अनुरुप परिवर्तन हुन सकेको छैन । बालबालिका जन्मनु अघि र जन्मे पछि उचित स्याहार , पालनपोषण,शिक्षा दिई उनीहरुको हक अधिकारको संरक्षण गरी योगय नागिरिक बनाउन सबैको दायित्व हो । बालबालिका भनेका अर्काको साहारमा बाँच्नु पर्ने अपरिपक्क व्यक्ति हुन । उनीहरु आफ्नो हित अहितका बारेका सोच्न सक्दैनन । उनीहरुलाई अर्काको पालनपोषण र स्याहार सम्भार ,विकास र संरक्षणको प्राथमिक दायित्व बावु आमा र संरक्षकको हो । अस्तु । जय बालबालिका । 

लेखक महिला विकास निरिक्षक हुन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह