सास । भदौ २९, बर्दिया । 

‘सम्बद्र्धन बालअधिकारको कार्यान्वयन संविधानको’ भन्ने नाराका साथ राष्ट्रिय बाल दिवस मनाइरहँदा यसैको पूर्व सन्ध्यामा अर्थात बुधबार अचानक शिवराज पाण्डे नाम गरेका एक बालक सदरमुकाम गुलरियाको एक व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । भदौ २९, बर्दिया । 

‘सम्बद्र्धन बालअधिकारको कार्यान्वयन संविधानको’ भन्ने नाराका साथ राष्ट्रिय बाल दिवस मनाइरहँदा यसैको पूर्व सन्ध्यामा अर्थात बुधबार अचानक शिवराज पाण्डे नाम गरेका एक बालक सदरमुकाम गुलरियाको एक व"/>

2026-09-15 08:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बाल दिवसकै दिनमा किन यी बालक यस्तो अवस्थामा ? को हुन् जिल्ला प्रशासन कार्यालयका अध्यक्ष अानन्द ?

सास । भदौ २९, बर्दिया । 

‘सम्बद्र्धन बालअधिकारको कार्यान्वयन संविधानको’ भन्ने नाराका साथ राष्ट्रिय बाल दिवस मनाइरहँदा यसैको पूर्व सन्ध्यामा अर्थात बुधबार अचानक शिवराज पाण्डे नाम गरेका एक बालक सदरमुकाम गुलरियाको एक विद्यालयको कक्षामा पढाइ भैरहेको अवस्थामा देखा परेका छन् ।


मुलुकभर र विभिन्न कार्यक्रमहरु गरी बाल दिवस मनाइरहँदा यस्तो दृश्य अझै विद्यालयको कक्षाकोठामा देखिनु बालअधिकारकर्मीहरुका लागि चुनौतीको विषय हो । अझ यी बालकले तलको तस्वीरमा देखिएको पत्र बोकेर माग्दै हिँडेका थिए र कक्षाकोठाका शिक्षकलाई नै विद्यार्थीहरुसँग मागिदिनका लागि अनुरोध गर्दै थिए ।  जुन पत्रमा जिल्ला प्रशासन कार्यालयका अध्यक्ष अानन्द हमाल लगायतको हस्ताक्षर रहेको छ । (हे. तस्वीर)


पत्र हेर्दा सत प्रतिशत फेक (झट्टा) थियो । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको छाप किर्ते गरेर यो पत्र तयार गरेको स्पष्ट देखिएको छ । यसरी छाप किर्ते गर्नेलाई कारवाही हुन्छ कि हुँदैन ? यति मात्रै हैन नेपाल सरकारको लोगो र नेपालको राष्ट्रिय झण्डा समेत लेटर हेडमा प्रयोग गरिएको छ ।  यी बालकलाई यसरी माग्दै हिड्ने परिस्थिति के कारणले भयो ? यसको उचित छानवीन हुनु आवश्यक छ । यी शिवराज मात्रै नभएर नेपालमा यस्तै बालबालिकाहरु धेरैको संख्यामा रहेका छन् । 


उनी कक्षाका बालबालिकाहरुका सामु निरस देखिन्थे, निन्याउरो मुख लाएर बसेका थिए । यस्ता बालबालिकाहरुलाई यसरी सिफारिस दिने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अध्यक्ष आनन्द हमाल को हुन् ? यसको खोजिनीति गर्ने जिम्मा कसको हो ? हैन भने कहिलेसम्म यी बालकले यसै गरी हिड्ने ? यदि राज्यमा कुनै निकाय छ भने यथाशीघ्र बालकको उद्धार होस् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ