२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पाल्पाको पूर्वखोला गाउँपालिकामा ५०० युवालाई स्वरोजगार बनाइने

२९ भाद्र २०७४, बिहीबार ०४:४०

भदौ २९, पाल्पा | पूर्वखोला गाउँपालिकाले यस आवमा ५०० जना युवालाई स्वरोजगार बनाउने भएको छ । आव २०७४÷७५ मा ५०० युवालाई सिकर्मी, डकर्मी, वाइरिंग, कृषि तथा पशुपालनसम्बन्धी काममा दक्ष बनाउन तालीम सञ्चालन गर्ने लक्ष्य रहेको छ । 

बेरोजगार युवालाई स्वरोजगार बनाउन गाउँपालिकाले युवा स्वरोजगारका लागि रु २१ लाख ५० हजार बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष नुरबहादुर थापाले बताउनुभयो । 

पूर्वखोला गाउँपालिकामा दक्ष सिकर्मी, डकर्मी, वाइरिंग गर्नेको अभाव रहेको छ । गाउँपालिकाभित्रका युवालाई तालीममार्फत स्वरोजगार बनाउने र दक्ष कामदार उत्पादन गर्ने गाउँपालिका अध्यक्ष नुरबहादुर थापाले बताउनुभयो । 

बेरोजगार युवालाई आयमूलक तालीम सञ्चालनपछि आत्मनिर्भर हुनेछन् । स्वदेशमा नै केही काम गरी आत्मनिर्भर भएपछि विदेश पलायनमा कमी आउने योजनाका साथ गाउँपालिका अघि बढेको हो । 

आर्थिक वर्ष २०७४/७५ को प्रथम गाउँसभाले पारित गरेका वार्षिक बजेट नीति तथा कार्यक्रममा युवालाई स्वरोजगार बनाउने कार्यक्रम आएपछि गाउँपालिकाभित्रका युवा खुशी बनेका छन् । 

गाउँपालिकाले यस आवमा अन्तरिक राजस्व, राजस्व बाँडफाँटबाट प्राप्त रकम र अन्यबाट गरी रु ३७ लाख ३८ हजार १०० संकलन गर्ने लक्ष्य रहेको सूचना संयोजक निरबहादुर सारुले जानकारी दिनुभयो । 

केन्द्रीय निशर्त अनुदान रु १५ करोड ८० लाख ३८ हजार ३७२, सामाजिक सुरक्षामा रु पाँच करोड, सशर्त रु १० करोड ०३ लाख २४ हजारको बजेट प्रमुख प्राथमिकतासाथ विनियोजन गरिएको अध्यक्ष थापाले जानकारी दिनुभयो । 

रु ३० करोड ८३ लाख ६२ हजार गाउँपालिकाको कुल बजेटमध्ये शिक्षामा रु ६५ लाख ६० हजार, सडकमा रु तीन करोड तीन लाख ३८ हजार, स्वास्थ्यमा रु ४८ लाख ५१ हजार आठ, खेलकुदमा रु २३ लाख २० हजार, युवा व्यवरोजगार रु २१ लाख ५० हजार, पर्यटनमा रु आठ लाख ५० हजारलाई बजेट विनियोजन गरेको अध्यक्ष थापाले बताउनुभयो । 

खानेपानीमा रु ६६ लाख ६५ हजार, सिँचाइमा रु २५ लाख २० हजार, कृषिमा रु ५८ लाख ६५ हजार, ऊर्जामा रु ५६ लाख ५० हजार, संस्कृति संरक्षणमा रु १० लाख ७० हजार र फोहरमैला व्यवस्थापनमा रु ४७ लाख ५० हजारको बजेट विनियोजन गरेको छ । 

पूँजीगत खर्चमा जग्गा खरिदमा रु ५० लाख, भवन निर्माणमा रु ५५ लाख, फर्निचरमा रु १८ लाख, सवारीसाधन रु ४८ लाख, मेसिनरी औजार रु १८ लाख, फोहरमैला व्यवस्थापन खरिद रु ३५ लाख, पूँजीगत मर्मत सम्भार रु ३५ लाख, समपुरक कोष रु ३० लाख, मर्मत सम्भार कोष रु पाँच लाख, आकस्मिक कोष रु आठ लाख, सार्वजनिक निर्माण रु आठ करोड २७ लाख ७८ हजार ८३०, पूँजीगत अनुसन्धान तथा परामर्श रु ३५ लाख, जगेडा कोष रु ३७ लाख ४५ हजार ८७४ रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य