२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

भारतले पाकिस्तानसँगको क्रिकेट खेल खेल्न अस्वीकार गर्‍यो

२०८२, १६ श्रावण बिहीबार १२:३२

काठमाडौँ | भारतीय च्याम्पियन्स टिमले वर्ल्ड च्याम्पियनसिप अफ लेजेन्ड्समा पाकिस्तानसँग सेमिफाइनल खेल खेल्न अस्वीकार गरेको छ ।

भारतले बिहीबार इंग्ल्यान्डको बर्मिङघममा पाकिस्तानविरुद्ध खेल्ने तालिका थियो । तर, काश्मीरको पहलगाममा आतंकवादी आक्रमणपछि चुलिएको यी दुई छिमेकीबीचको तनावको असर खेलमा समेत परेको हो ।

भारतले पहलगाम हमलामा पाकिस्तान संलग्न रहेको आरोप लगाउँदै आएको छ । उक्त आक्रमणलाई कारण देखाउँदै भारतीय च्याम्पियन्स टिमले पाकिस्तानसँगको खेल खेल्न अस्वीकार गरेको हो ।

भारतले नखेल्ने भएपछि आयोजकले सेमिफाइनलका निम्ति बिक्री गरेका टिकट दर्शकलाई फिर्ता गरेको छ । भारतको यो निर्णयपछि पाकिस्तानले फाइनल यात्रा तय गरेको छ ।

दुई देशबीचको राजनीतिक तिक्तताका कारण भारत र पाकिस्तानले सन् २०१३ देखि नै दुईदेशीय क्रिकेट शृंखला खेलेका छैनन् । यी दुई टिमले एकार्काबीच एसियन क्रिकेट काउन्सिल (एसीसी) र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को प्रतियोगितामा मात्र प्रतिस्पर्धा गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी