२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

नीलकमल ह्युमनद्वारा रक्तदान, बृक्षारोपण, बृद्धाश्रम सहित बिदेसमा खुट्टा गुमाएका युवालाई दुई लाख सहायोग

१७ श्रावण २०८२, शुक्रबार २१:३०

काठमाडौं । काठमाडौँको सिनामंगलस्थित नीलकमल ह्युमन रिसोर्स प्रा.लि.ले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा बृहत रक्तदान, बृक्षारोपण सहित बिदेसमा खुट्टा गुमाएका युवालाई आर्थिक सहायोग गरेको छ । वार्षिक उत्सवकै अवसरमा कम्पनीले विभिन्न सामाजिक कार्यहरू गर्दै समाजमा आफ्नो योगदान प्रस्तुत गरेको छ । शुक्रबार बिहान आयोजित केक काट्ने कार्यक्रमपछि, संस्थाले सन्यास आश्रममा रक्तदान र वृक्षारोपण कार्यक्रम पनि आयोजना गर्यो ।

रक्तदान कार्यक्रम मार्फत १०२ पाउण्ड रगत संकलन भएको छ । संस्थाको आयोजनामा उपस्थित भएकाहरु १०२ जनाले उक्त कार्यक्रममा रक्तदान गरे ।

त्यसै गरी, वैदेशिक रोजगारका क्रममा कुवेतमा दुर्घटनामा परेका रन्जन उप्रेतीलाई आर्थिक सहयोग प्रदान गरिएको छ । उप्रेती, जो अहिले खुट्टा गुमाएर जीवनयापन गर्दै छन्, कम्पनी र कर्मचारीहरूको सहयोगमा कुल १ लाख ९८ हजार २१ रुपैयाँको सहयोग प्राप्त गरे । यसमा कम्पनीले १ लाख ५१ हजार रुपैयाँ र कर्मचारीहरूले व्यक्तिगत रूपमा ४७ हजार २१ रुपैयाँ जुटाएका थिए । उप्रेतीलाई कृत्रिम खुट्टा हाल्न पनि सहयोग गर्ने नीलकमल ह्युमन रिसोर्सका संचालक मेघनाथ भुर्तेलले बताए ।

त्यस्तै उक्त संस्थाले आफ्नो वार्षिक उत्सवको अवसरमा संस्थाको तर्फबाट नि:सहाय सेवा सदन ‘बृद्धाश्रम’ लाई माग अनुसार फर्निचर समेत प्रदान गरेको छ ।

कम्पनी संचालक जयराम भुर्तेलका अनुसार कम्पनीले आफ्नो म्यानपावरबाट वैदेशिक रोजगारमा गएर ज्यान गुमाएका कामदारको बालबच्चालाई १२ कक्षासम्म पढ्नको लागि संस्थाको तर्फबाट नि-शुल्क छात्रवृत्ति प्रदान गरिने बताए । उनले नीलकमलको आगामी यात्रा रोजगारमा जाने कामदारको सेवा सुविधा वृद्धि र हकहितमा केन्द्रित रहने बताए ।

वार्षिक उत्सवको अवसरमा संस्थाका अध्यक्ष मेघनाथ भुर्तेलले सरकारसँग वैदेशिक रोजगार क्षेत्रका विभिन्न समस्याहरू समाधान गर्न र श्रम स्वीकृतिका प्रक्रिया सरल बनाउन पहल गर्नुपर्ने कुरामा जोड दिएका छन् । यसका साथै, घरेलु कामदारहरूको श्रम स्वीकृतिमा रहेका अवरोधहरूको अन्त्य र वैदेशिक रोजगार ऐनमा सुधार गर्न पनि सरकारलाई आग्रह गरे । भुर्तेलले कर्मचारीहरूको समर्पण र उच्च सेवा स्तरका कारण हामीले नेपाली कामदारलाई खाडी मुलुकहरूमा आकर्षक अवसरहरू प्रदान गर्न सफल भएको बताए । वार्षिकोत्सवका अवसरमा बागमती प्रदेश सभाका सांसद श्रीराम लामिछानेको उपस्थिती रहेको थियो । सांसद लामिछानेले भविष्यमा नेपाली युवालाई वैदेशिक रोजगारको सहज र सुरक्षित अवसर प्रदान गर्नको लागि नीलकमलको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।

नीलकमल ह्युमन रिसोर्स प्रा.लि. पछिल्लो दुई बर्ष यता लगातार नेपालबाट वैदेशिक रोजगारमा धेरै कामदार पठाउने म्यानपावरको पहिलो नम्वरमा पर्दै आएको म्यानपावर हो । गत आर्थिक वर्ष २०८१/०८२ मा कम्पनीले ८,६७३ जना कामदारलाई विदेश पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै