2026-09-13 04:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

भारतीय क्रिकेटरको भावुक खुलासा:”महिना दुई घण्टा मात्र सुतें,आत्महत्याको सोच आयो र क्रिकेटबाट विश्राम चाहान्थे

काठमाडौँ | भारतीय क्रिकेटर युजवेन्द्र चहलले राज शमानीको पोडकास्टमा पूर्व पत्नी धनश्री वर्मासँगको सम्बन्ध विच्छेदपछिको मानसिक तनावबारे धेरै गम्भीर खुलासा गरेका छन्।

उनले एक महिना दुई घण्टा मात्र सुतेको र आफ्नो ज्यान लिने विचार आएको पनि बताए। उनले भने, ‘क्रिकेटबाट विश्राम चाहियो, मैदानमा दिमागले काम गरेन।’

चहल र धनश्रीको सम्बन्ध विच्छेद मुम्बईको पारिवारिक अदालतले २० मार्च २०२५ मा स्वीकृत गरेको थियो। उनीहरूले ११ डिसेम्बर २०२० मा विवाह गरेका थिए। चहलका अनुसार सामाजिक सञ्जालमा सामान्य जोडी जस्तो देखिए पनि त्यो नाटक थियो। ‘हामीले अन्तिम निर्णय नहुँदासम्म केही नभन्ने निर्णय गरेका थियौं,’ चहलले भने।

उनले महत्वाकांक्षी जीवनशैलीले सम्बन्धमा समन्वय अभाव भएको भनेका छन्। ‘सम्बन्धमा सम्झौता चाहिन्छ। दुई महत्वाकांक्षी व्यक्तिको लक्ष्य फरक हुन्छ,’ उनले भने।

सम्बन्ध विच्छेदको समयमा धोका दिएको हल्ला फैलिएको थियो। चहलले भने, ‘मलाई धोकेबाज भनियो, तर म वफादार छु। मलाई महिलाको सम्मान गर्न आउँछ।’ उनले ‘बी योर ओन शुगर ड्याडी’ टी-शर्टको अर्थ ‘आर्थिक रूपमा स्वतन्त्र हुनु’ रहेको खुलासा गरेका छन्।

चहलले ‘द ग्रेट इन्डियन कपिल शो’ मा चहलले आरजे महवशसँगको नयाँ सम्बन्धमा रहेको कुरा स्वीकारेका थिए। चहल र धनश्रीको प्रेम २०२० को लकडाउनमा नृत्य सिक्ने क्रममा सुरु भएको थियो। तर, जुन २०२२ देखि सम्बन्धमा दरार आयो अनि अलग भएका हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले