काठमाडौँ | धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले फेरि एक पटक बालेन शाह र कुलमान घिसिङ आफ्नो संगठनमा आउने दाबी गरेका छन्।
मेयर राईले सामाजिक सञ्जालमार्फत यस्तो दाबी गरेका हुन्। उनले बारम्बार बालेन र कुलमान आफ्नो संगठनमा जोडिने बताउँदै आएका छन्।
सोही क्रममा उनले अरू तिर जानु भनेको भ्रष्टको हलि बन्नु भएको बताउँदै बालेन र कुलमानको स्वभाव यस्तो नभएको समेत उल्लेख गरेका छन्।
‘ढुक्क बस्नुस्! बालेन र कुलमान पनि हाम्रै संगठनमा आउनेछन्!’ उनले लेख्छन्, ‘अरु तिर जानू भनेको भ्रष्टको हलि बन्नु हो जुन वहाँहरूको स्वभावमा पर्दैन!’