प्रकाश धौलाकोटी/भदौ ३०, तेह्रथुम । तेह्रथुमको म्याङलुङ्गमा प्रदेश नं. १ स्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगिता आजबाट सुरु भएको छ । 

जिल्लामा बढ्दो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रकाश धौलाकोटी/भदौ ३०, तेह्रथुम । तेह्रथुमको म्याङलुङ्गमा प्रदेश नं. १ स्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगिता आजबाट सुरु भएको छ । 

जिल्लामा बढ्दो"/>

2026-09-28 09:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

तेह्रथुममा प्रदेश न. १ स्तरीय व्याडमिन्टन प्रतियोगिता सुरु


प्रकाश धौलाकोटी/भदौ ३०, तेह्रथुम । तेह्रथुमको म्याङलुङ्गमा प्रदेश नं. १ स्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगिता आजबाट सुरु भएको छ । 

जिल्लामा बढ्दो व्याडमिन्टन मोह र सो खेलको विकासका लागि तेह्रथुम व्याडमिन्टन संघले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको म्याङलुङ्ग नगरपालिकाका मेयर सन्जयकुमार तुम्बाहाम्फेले उद्घाटन गर्नुभयो । 

पर्यटन प्रवर्धनका लागि खेलकुद’ भन्ने नारासहित आयोजित प्रतियोगितामा तेह्रथुमसहित पुर्वका धनकुटा, संखुवासभा, भोजपुर, सुनसरी र मोरङका ३२ टिम सहभागी छन् । ४५ वर्षमाथिले मात्रै खेल्न पाउने गरी आयोजित भेट्रान्ततर्फ १६ टिम सहभागी छन् । प्रतियोगितामा विजयी हुनेलाई नगद ४० हजारसहित कप, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजक संघका अध्यक्ष नारायणलाल श्रेष्ठले बताउनुभयो । 

यस्तै दोश्रो र तेस्रो हुनेले क्रमशः नगद रु. २५ र १५ हजार सहित कप, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै भेट्रान्सतर्फ प्रथम हुने टिमले २० हजार, दोश्रो हुने टिमले १५ हजार र तेश्रो हुने टिमले ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । 

गतवर्ष यहाँका चार जना युवाहरुले व्यक्तिगत लगानीमा कवर्ड हल निर्माण गरेपछि सो हलमा जिल्लामै पहिलो पटक ठुलो व्याडमिन्टन प्रतियोगिता आयोजना भएको हो । यहाँका महेश आचार्य, सन्तोष बराल, तेजु खड्का र राजबहादुर थापाले निजी लगानीमा तेह्रथुम कबर्ड हल बनाएका थिए । 

प्रतियोगितामा सहभागी खेलाडीहरुलाई आवसको समेत व्यवस्था आयोजक आफैँले गरेको छ । प्रतियोगिता सन्चालनका लागि करिब ५ लाख रुपैयाँ खर्च हुने आयोजकले बताएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह