भदौ ३०, पोखरा । युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहालले पोखरालाई खेलकुद शहरको रुपमा विकास गर्न मन्त्रालयले वजेट विनियोजन गर्न लागेको बताउनुभएको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ ३०, पोखरा । युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहालले पोखरालाई खेलकुद शहरको रुपमा विकास गर्न मन्त्रालयले वजेट विनियोजन गर्न लागेको बताउनुभएको "/>

२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरालाई खेलकुदको शहरको रुपमा विकास गरिन्छ: सचिव दाहाल

३० भाद्र २०७४, शुक्रबार ११:३२


भदौ ३०, पोखरा । युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहालले पोखरालाई खेलकुद शहरको रुपमा विकास गर्न मन्त्रालयले वजेट विनियोजन गर्न लागेको बताउनुभएको छ । 

सहारा क्लब पोखराको १९ औँं वार्षिकोत्सव तथा १० औँं अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले खेलकुद शहर बनेपछि पोखरा दक्षिण एशियामै खेलकुद हबको रुपमा विकास हुने विश्वास व्यक्त गर्नुभयो । 

सचिव दाहालले निजी क्षेत्रसँग हातेमालो गर्दै खेलकूद क्षेत्रको विकास गर्न मन्त्रालय तयार रहेकोे बताउँदै पोखरा रंगशालामा एक वर्ष भित्रमा आधुनिक खालको स्टेडियम र डोमसेट कभर्डहल निर्माण गरिने धारणा व्यक्त गर्नुभयो । 

सो अवसरमा क्लबद्वारा सञ्चालित सहारा खेलकूद पत्रकारिता पुरस्कारबाट पत्रकार सुरज श्रेष्ठलाई सम्मान गरियो । पुरस्कारको राशी रु १५ हजार ५५५ रहेको छ । 

पुरस्कृत व्यक्ति श्रेष्ठले प्राप्त गरेको पुरस्कारको राशीमा रु चार हजार ४४५ थप गरी रु २० हजार पु¥याएर क्लबद्वारा सञ्चालित सहारा एकेडेमीको अक्षयकोषमा राखिदिने घोषणा गर्नुभयो । 

त्यस्तै राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान अनिल गुरुङलाई पनि सो अवसरमा सम्मान गरियो । क्लबका अध्यक्ष वीरभद्र आचार्यको अध्यक्षतामा भएको सो कार्यक्रममा पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष सुन्दरकुमार श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, वरिष्ठ पत्रकार नारायण कार्की ,उद्योगपति सूर्यबहादुर केसी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यमबहादुर गुरुङलगायतका वक्ताले पोखरामा स्पोट्र्स एकेडेमीको खाँचो औंल्याउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य