भदौ ३०, पोखरा । युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहालले पोखरालाई खेलकुद शहरको रुपमा विकास गर्न मन्त्रालयले वजेट विनियोजन गर्न लागेको बताउनुभएको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ ३०, पोखरा । युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहालले पोखरालाई खेलकुद शहरको रुपमा विकास गर्न मन्त्रालयले वजेट विनियोजन गर्न लागेको बताउनुभएको "/>

2026-07-25 09:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरालाई खेलकुदको शहरको रुपमा विकास गरिन्छ: सचिव दाहाल


भदौ ३०, पोखरा । युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहालले पोखरालाई खेलकुद शहरको रुपमा विकास गर्न मन्त्रालयले वजेट विनियोजन गर्न लागेको बताउनुभएको छ । 

सहारा क्लब पोखराको १९ औँं वार्षिकोत्सव तथा १० औँं अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले खेलकुद शहर बनेपछि पोखरा दक्षिण एशियामै खेलकुद हबको रुपमा विकास हुने विश्वास व्यक्त गर्नुभयो । 

सचिव दाहालले निजी क्षेत्रसँग हातेमालो गर्दै खेलकूद क्षेत्रको विकास गर्न मन्त्रालय तयार रहेकोे बताउँदै पोखरा रंगशालामा एक वर्ष भित्रमा आधुनिक खालको स्टेडियम र डोमसेट कभर्डहल निर्माण गरिने धारणा व्यक्त गर्नुभयो । 

सो अवसरमा क्लबद्वारा सञ्चालित सहारा खेलकूद पत्रकारिता पुरस्कारबाट पत्रकार सुरज श्रेष्ठलाई सम्मान गरियो । पुरस्कारको राशी रु १५ हजार ५५५ रहेको छ । 

पुरस्कृत व्यक्ति श्रेष्ठले प्राप्त गरेको पुरस्कारको राशीमा रु चार हजार ४४५ थप गरी रु २० हजार पु¥याएर क्लबद्वारा सञ्चालित सहारा एकेडेमीको अक्षयकोषमा राखिदिने घोषणा गर्नुभयो । 

त्यस्तै राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान अनिल गुरुङलाई पनि सो अवसरमा सम्मान गरियो । क्लबका अध्यक्ष वीरभद्र आचार्यको अध्यक्षतामा भएको सो कार्यक्रममा पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष सुन्दरकुमार श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, वरिष्ठ पत्रकार नारायण कार्की ,उद्योगपति सूर्यबहादुर केसी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यमबहादुर गुरुङलगायतका वक्ताले पोखरामा स्पोट्र्स एकेडेमीको खाँचो औंल्याउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ