२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

बार्षिक १०० जना कामदार पठाउन नसकेका ४३८ म्यानपावर कम्पनीको इजाजतपत्र नविकरण हुने

२७ श्रावण २०८२, सोमबार २३:५५

काठमाडौं । लामो समयदेखि वैदेशिक रोजगार व्यवसायीहरूबीच जटिल समस्या बनेको ‘वार्षिक न्यूनतम १०० जना कामदार पठाउनैपर्ने’ बाध्यात्मक नियम अन्ततः हटाइएपछि, गत आर्थिक वर्ष कोटा नपुगेका सयौं कम्पनीको इजाजतपत्र नविकरण हुने भएको छ।

वैदेशिक रोजगार ऐन संशोधनका क्रममा उक्त नियम सधैंका लागि खारेज भए पनि आर्थिक वर्ष २०८१/८२ मा १०० जना संख्याको कोटा नपुगेका ४३८ इजाजतवाला कम्पनीको नविकरण रोकिएको थियो । तर, महान्यायाधिवक्ताको कार्यालयबाट यस विषयमा सकारात्मक राय प्राप्त भएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार विभागलाई नविकरण प्रक्रिया अघि बढाउन पत्राचार गरेको छ ।

मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार अब यी कम्पनीहरूले कानुनी अवरोधबिना आफ्नो संस्था नविकरण गर्न पाउने भएका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार बिभागलाई पत्राचार गर्दै १०० संख्या नपुगेकै कारण नवीकरण नभएका र गत असार मसान्तसम्म आफ्नो संस्था दर्ता नवीकरण गरि पाउ भनि निवेदन दिएकाहरुलाई नविकरणको लागि कुनै कानुनी वाधा नरहेको परिपत्र गरिएको छ ।

यस कदमले विगतमा १०० संख्याकै बाध्यकारी समस्याको कारण उत्पन्न प्रशासनिक र कानुनी अन्योलता अन्त्य हुने व्यवसायीहरूले अपेक्षा गरेका छन् ।

यस समस्याको समाधानमा सहकार्यको लागि सहयोग पुर्‍याएको भन्दै श्रममन्त्री शरतसिंह भण्डारी, सचिव डा. कृष्णहरि पुष्कर, महानिर्देशक कमल प्रसाद भट्टराई सहित मन्त्रालय तथा बिभागका अधिकारी सहित महान्यायाधिवक्ताको कार्यालयलाई नेपाल वैदेशिक रोजगार व्यवसायी संघले धन्यवाद दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी एनपिएलः काठमाडौंद्वारा पोखरालाई १६६ रनको लक्ष्य एनपिएल : अर्धशतकको सङ्ख्या २८ पुग्यो अबदेखि रत्नपार्कमा निःशुल्क इन्टरनेट चलाउन पाइने लामो दूरीका रात्रि तथा दिवा सेवाका गाडी बसपार्कबाट मात्रै छुट्ने नेवार समुदायले मनाउँदै ‘यमरी पुन्ही’, लोप हुँदै मल्लकालीन परम्परा एनपिएलः पोखरा टस जितेर बलिङमा धोबी खोलामा साइकलसहित शव भेटियो छतबाट खसेर किशोरीको मृत्यु