2026-06-27 01:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

बार्षिक १०० जना कामदार पठाउन नसकेका ४३८ म्यानपावर कम्पनीको इजाजतपत्र नविकरण हुने

काठमाडौं । लामो समयदेखि वैदेशिक रोजगार व्यवसायीहरूबीच जटिल समस्या बनेको ‘वार्षिक न्यूनतम १०० जना कामदार पठाउनैपर्ने’ बाध्यात्मक नियम अन्ततः हटाइएपछि, गत आर्थिक वर्ष कोटा नपुगेका सयौं कम्पनीको इजाजतपत्र नविकरण हुने भएको छ।

वैदेशिक रोजगार ऐन संशोधनका क्रममा उक्त नियम सधैंका लागि खारेज भए पनि आर्थिक वर्ष २०८१/८२ मा १०० जना संख्याको कोटा नपुगेका ४३८ इजाजतवाला कम्पनीको नविकरण रोकिएको थियो । तर, महान्यायाधिवक्ताको कार्यालयबाट यस विषयमा सकारात्मक राय प्राप्त भएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार विभागलाई नविकरण प्रक्रिया अघि बढाउन पत्राचार गरेको छ ।

मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार अब यी कम्पनीहरूले कानुनी अवरोधबिना आफ्नो संस्था नविकरण गर्न पाउने भएका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार बिभागलाई पत्राचार गर्दै १०० संख्या नपुगेकै कारण नवीकरण नभएका र गत असार मसान्तसम्म आफ्नो संस्था दर्ता नवीकरण गरि पाउ भनि निवेदन दिएकाहरुलाई नविकरणको लागि कुनै कानुनी वाधा नरहेको परिपत्र गरिएको छ ।

यस कदमले विगतमा १०० संख्याकै बाध्यकारी समस्याको कारण उत्पन्न प्रशासनिक र कानुनी अन्योलता अन्त्य हुने व्यवसायीहरूले अपेक्षा गरेका छन् ।

यस समस्याको समाधानमा सहकार्यको लागि सहयोग पुर्‍याएको भन्दै श्रममन्त्री शरतसिंह भण्डारी, सचिव डा. कृष्णहरि पुष्कर, महानिर्देशक कमल प्रसाद भट्टराई सहित मन्त्रालय तथा बिभागका अधिकारी सहित महान्यायाधिवक्ताको कार्यालयलाई नेपाल वैदेशिक रोजगार व्यवसायी संघले धन्यवाद दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी