२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कर्णाली प्रदेश

प्रसूती पीडामा रहेकी महिलामाथि खुँडासहित धावा, स्वास्थ्य चौकीमा तोडफोड

२०८२, ३० श्रावण बिहीबार १८:०५

काठमाडौँ | रुकुम पश्चिमको घेत्मा स्वास्थ्य चौकीको बर्थिङ् सेन्टरमा खुँडा लिएर गएका एक व्यक्तिले स्वास्थ्य चौकीभित्र तोडफोड गरेका छन्। आठबिसकोट नगरपालिका–१४ मा रहेको घेत्मा स्वास्थ्य चौकीमा तोडफोड गर्ने स्थानीय २४ वर्षीय तिलक मल्ललाई प्रहरीले पक्राउ गरेको छ।

गत सोमबार राति ११ बजे प्रसव पीडामा रहेकी एक महिलामाथि आक्रमण गर्न गएका मल्ललाई हाल जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा थुनामा राखिएको छ। स्वास्थ्य चौकी नजिक पसल चलाउँदै आएका उनी मादक पदार्थ सेवन गरेर खुँडासहित अस्पताल प्रवेश गरेर विध्वंश मच्चाएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डीएसपी प्रमेश विष्टका अनुसार मल्लमाथि आपधारिक उपद्रवमा अनुसन्धान भइरहेको छ। ‘मल्लमाथि अनुसन्धान हुँदैछ, उनी मादक पदार्थ सेवन गरेर गएको देखिन्छ। के कारणले स्वास्थ्य चौकीमा गएको भन्ने कारण खुलेको छैन’ उनले भने।

डीएसपी विष्टका अनुसार मल्लले स्वास्थ्य कार्यालयमा तोडफोड गर्नुका साथै चौकीको गेटदेखि गाडीमासमेत तोडफोड गरेका छन्। स्वास्थ्य चौकी प्रमुख डा. देवचन्द्र ठकुरीले प्रसव पीडामा रहेकी महिलाको प्रसूती गराउने तयारी भइरहेको समयमा ती युवक अस्पतालमा प्रवेश गरेको जनाए।

‘रातको ११ बजेको थियो। एक जना पुरुष गाली गर्दै बर्थिङ् सेन्टरमा प्रवेश गरेका थिए’ उनले भने, ‘मैले सम्झाएर पठाउन खोजेको थिएँ। फेरि खुँडा लिएर आए।’

प्रमुख चन्दका अनुसार उनले स्वास्थ्य चौकीका कर्मचारीलाई अपशब्द, अपच्य शब्द प्रयोग गर्दै ज्यान मार्ने धम्की दिन थाले। स्वास्थ्य चौकी तोडफोड गर्न थाले, प्रसुती गराइरहेको महिलालाई रिफर गर्नुपरे आवश्यक पर्ने गाडी समेत तोडफोड गर्न थालेपछि उनको परिवारलाई बोलाएको चन्दले जानकारी दिए। पछि परिवारका सदस्यले खुँडा समातेर उनलाई लिएर गएका थिए।

स्वास्थ्य चौकीमा तोडफोड र ज्यान मार्ने धम्की दिएको भन्दै प्रहरीमा उजुरी दिएको डा. ठकुरी बताउँछन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी