१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

‘दयाशंकर स्मृति पत्रकारिता पुरस्कार’ पौडेललाई

१ आश्विन २०७४, आईतवार ०६:२६

असोज १, पोखरा। प्रजातन्त्रका सेनानी स्व ‘दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार, २०७४’ बाट अग्रज पत्रकार पुण्य पौडेललाई सम्मानित गरिने भएकोछ । 

स्व दयाशंकर पालिखेका परिवारद्वारा स्थापित एवं नेपाल पत्रकार महासंघ कास्की शाखाद्वारा सञ्चालित सो पुरस्कारको राशि रु ३३ हजार ३३३, दोसल्ला र सम्मानपत्र रहेको छ । 

दुई दशकदेखि लगातार पत्रकारितामा क्रियाशील पत्रकार पौडेल ‘पोखरापत्र राष्ट्रिय दैनिक’का प्रधानसम्पादक हुनुहुन्छ । 

प्रेस स्वतन्त्रता सेनानी कुसुमकेशव पराजुलीको संयोजकत्वमा गठन गरिएको प्रतिभा छनोट समितिको सिफारिसका आधारमा पत्रकार महासंघको बैठकले पौडेलको नाम अनुमोदन गरेको हो । 

यसैगरी नेपाल पत्रकार महासंघद्वारा सञ्चालित ‘टंकादेवी तुलसीप्रसाद स्मृति पत्रकारिता पुरस्कार’ युवा तथा क्रियाशील पत्रकार माधव पनेरुलाई प्रदान गरिने भएको छ । 

पोखरा लेखनाथ महानगरपालिका–५का बासिन्दा स्व टंकादेवी तुल्सीप्रसाद कोइरालाका परिवारजनबाट स्थापित सो पुरस्कारको राशि रु २० हजार नगदसहित दोसल्ला र सम्मानपत्र रहेको छ । 

पत्रकार महासंघ कास्की शाखाद्वारा सञ्चालित एवं ‘मीना गुरुङ सिर्जनशील पत्रकारिता पुरस्कार’ क्रियाशील पत्रकार सरिता तिम्सिना पंगेनीलाई प्रदान गरिने भएको छ । 

सो पुरस्कारको राशि रु ११ हजार १११, दोसल्ला र सम्मानपत्र रहेको छ । रासस

‘दयाशंकर स्मृति पत्रकारिता पुरस्कार’ यही असोज ७ गते, ‘टंकादेवी तुलसीप्रसाद कोइराला स्मृति’ र ‘मीना गुरुङ सिर्जनशील पत्रकारिता पुरस्कार’ एक समारोहबीच प्रदान गरिने महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह